२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा सार्वजनिक क्षेत्र सफाइ अभियानको १३९ औं शृङ्खला पूरा

२०७५, १६ पुष सोमबार ०८:४४

 पुस १६, भरतपुर (रासस) |  भरतपुरमा सार्वजनिक क्षेत्र सफाइ अभियानको १३९ औँ शृङ्खला पूरा भएको छ । २०७३ जेठबाट ‘हप्ताको एक दिन एकछिन समाजका लागि’ भन्ने अभियान थालेर “वे गु्रप”ले शुरु गरेको सफाइ अभियानअन्तर्गत आज बिहान चितवन महोत्सव स्थल नारायणी नदी किनारको सरसफाइ गरिएको हो । 

युवाको उल्लेख्य सहभागिता रहेको सफाइ अभियानमा चितवनका प्रदेश सांसद विजय सुवेदी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टङ्कनाथ पौडेल, भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठलगायतको सहभागिता रहेको थियो । 

अभियानको १३९औँ शृङ्खला पूरा हुँदा आफ्नो ठाउँ आफैँ सफाइ गर्नुपर्छ भन्ने धारणा आम मानिसमा जागृत भएको अभियन्ताले बताएका छन् । “वे गु्रप”ले शुरु गरेको सफाइ अभियानको सिको गर्दै चितवनका अरु क्षेत्रको सफाइ पनि शुरु भएको छ । 

“वे गु्रप” जिल्लाको सरसफाइमा सहभागी हुँदै आएको संस्था हो । फोहरका कारण रोग पनि लाग्ने र सहरको सुन्दरता पनि गुम्ने भएकाले सहर सफा गर्ने उद्देश्य प्राप्तिका लागि अभियान निरन्तर चलिरहेको सरसफाइको क्षेत्रमा निरन्तर काम गरिरहेका संयोजक भोजनारायण कँडेलले बताउनुभयो । 

“समाजमा अभियानको प्रभाव पनि देखिन थालेको छ,संयोजक कँडेलले भन्नुभयो”,“फोहर रोगको घर हो र मेरा लागि पनि हो भन्ने सोचेर आफ्नो फोहर आफँै व्यवस्थापन गर्न सके जटिल समस्या आउँदैन ।” नारायणी नदीमा पहिलेको भन्दा धेरै परिवर्तन आएको र सुन्दरता पनि बढेको कँडेलले बताउनुभयो । 

गु्रपले महानगर क्षेत्रमा गुट्खामुक्त अभियान पनि थालिसकेको छ । फालिएको फोहर टिप्दा मात्र सफासफाइले पूर्णता नपाउने ठहर गरेपछि सार्वजनिक सवारी साधनमा डस्टबिन अनिवार्य राख्ने अभियान थालिएको कँडेलले बताउनुभयो । बरु फोहर नै गर्न नदिने निष्कर्षसहित अभियान अघि बढाइएको उहाँको भनाइ छ । समस्याको रूप ठूलो देखिएपछि सवारी साधनमा डस्टबिन अनिवार्य राख्ने नीति बनाउन महानगरपालिकासँग सहकार्य गरिएको उहाँले बताउनुभयो । 

चौबिसकोठी, पुल्चोक, केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्कका केही सवारीसाधलाई डस्टबिन दिएर साङ्केतिक रूपमा अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । सरकार वा कुनै दातृ निकायको प्रत्यक्ष सहयोगबिना स्वयंसेवी रुपमा नै भरतपुरमा सरसफाइ अभियान चल्दै आएको हो । 

चितवनका प्रदेशसभा सांसद विजय सुवेदीले भरतपुरको सफाइ अभियानले यसक्षेत्रका सबै प्रणालीलाई सफाइ गर्ने विश्वास व्यक्त गर्नुभयो । चितवनको सभ्यतासँग जोडिएको नारायणी नदीमा प्रदूषण अत्यधिक रुपमा बढ्न थालेपछि आफैँ सरसफाइमा निस्किएको उहाँले बताउनुभयो । क्लिन र ग्रिन सिटीको रुपमा विकसित हुँदै गइरहेको भरतपुरलाई शहरीकरणको प्रारम्भिक चरणमा नै व्यवस्थित गर्न सकिने उहाँको भनाइ छ । शहरी क्षेत्रको फोहरमैला घरमै प्राकृतिक ट्रिटमेन्ट गरेर बाहिर पठाउनुपर्नेमा सांसद सुवेदीको जोड छ । 

पर्यटकीय गन्तव्य बन्दै गएको नारायणी किनारलाई ठोस रुपमा दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो । सबै सरोकारवालासँग मिलेर छिट्टै नै नारायणी व्यवस्थापनको योजना ल्याउने तयारी गरेको उहाँले जानकरी दिनुभयो । 

भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले फोहर फाल्नका लागि नगरपालिकाले विकल्प दिएको बताउँदै विकल्पको अटेर गर्दै जथाभावी फोहर फाल्नेलाई कडा कारवाही गरिने बताउनुभयो । महानगरले दिएको विकल्पको बेवास्ता गर्दै सार्वजनिक क्षेत्रमा फोहर फालेमा पाँच हजारदेखि रु एक लाखसम्म हुनेगरी कारवाही गरिने बताउनुभयो । 

टोल टोलमा विद्यार्थीदेखि स्थानीयवासीसम्मको संलग्नतामा अनुगमन टोली बनाइ, फोहर फाल्नेको निगरानी बढाएको बताउँदै उहाँले भरतपुरको विकास र समृद्धिमा सबैलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा