२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नवलपरासीको गैँडाकोट मन्दिर मौलाकालिकामा युवाको आकर्षण

२०७५, १६ पुष सोमबार ११:३२

 पुस १६, चितवन (रासस) | मौलाकालिका मन्दिरमा अहिले युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । नवलपरासीको गैँडाकोटस्थित उक्त मन्दिरमा दर्शन गर्न जानेमध्ये अधिकांश युवापुस्ता नै बढी देखिएका हुन् । 

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार मन्दिरमा दर्शन गर्न आउनेमा ७० प्रतिशत युवापुस्ता रहेका र तीमध्ये पनि स्कूल–कलेजका विद्यार्थी नै बढी देखिन्छन् । एक वर्षमा तीन लाख हाराहारी भक्तजन मन्दिरमा पुग्ने गरेकामा ६५ प्रतिशत महिला हुने गरेको पनि उहाँले बताउनुभयो । 

शनिबार र मङ्गलबार ठूलो सङ्ख्यामा भक्तजन पुग्ने उक्त मन्दिरमा नयाँ वर्षका पहिलो दिन ५० हजार हाराहारी भक्तजन आउने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । 

जङ्गलको बीच भागमा रहेको उक्त मन्दिर पुग्न एक हजार ८०० सिँढी चढ्नुपर्छ । सिँढीका आसपासमा शौचालय, खानेपानी र चौतारीको व्यवस्था गरिएको छ । 

झण्डै ४५ मिनेटको उकालो हिँडेपछि मन्दिर पुगिन्छ । चितवन, नवलपरासी र तनहुँको सङ्गममा धराहरा जस्तै रहेको उक्त मन्दिरबाट ती जिल्लाका अधिकांश भाग अवलोकन गर्न सकिन्छ । समितिका सदस्य भूमिश्वर शर्माले यहाँ आन्तरिक पर्यटकको बढी भिड लाग्ने गरेको बताउनुभयो । 

मन्दिरको फेदीमा वनभोजका लागि व्यवस्थित स्थल छ । हिउँदको समयमा वनभोजका लागि आउने विभिन्न समूह पनि मन्दिरसम्म पुग्ने गरेको उहाँको भनाइ थियो । 

मन्दिर परिसरबाट देवघाट धामसँगै पर्वतीय शृङ्खला, डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै नारायणी नदी, नवलपरासीको गैँडाकोट र चितवनका पर्यटकीय स्थल देख्न सकिन्छ । 

समितिका प्रमुख सल्लाहकार पूर्वप्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले देवी दर्शन तथा प्राकृतिक दृश्यको रसास्वादन पनि गर्न पाइने भएकाले युवाको आकर्षण बढेको बताउनुभयो । 

समितिका पूर्वअध्यक्ष विष्णुहरि रिमालले हिन्दू धर्मको रक्षाका लागि अहिले युवापुस्ता लागिपरेका छन् भन्नुभयो । उकालो र ओरालो हिँड्न रमाउनेहरूको पनि यहाँ भिड लाग्ने गरेको पनि उहाँले बताउनुभयो । 

पन्ध्रौ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ती शीला स्थापनासहित तीर्थबास गरेको र सैनिक टुकडीलाई शक्ति आरधनाका लागि मौलो गाडी पीठका रुपमा पूजा गर्ने गरेको इतिहासमा उल्लेख भएकाले विसं २०३२ देखि यहाँ पूजा–पाठ नियमित गर्न थालिएको हो । अहिले निजी र सरकारी लगानीमा झण्डै रु २० करोड लगानी गरेर मन्दिरलाई व्यवस्थित गर्न लागिएको छ । सो ठाउँमा पुग्नका लागि निजी क्षेत्रबाट केबलकारसमेत जडान गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण