2026-08-25 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फेसबुकको सहायताले विद्यालयलाई सहयोग(भिडियो)

   कमल घिमिरे।पौष१७।पाँचथर, सामाजिक सञ्जाल फेसबुक लाइ सही सदुपयोग गर्दा राम्रो फाइदा हुन्छ भन्ने उदाहरण देखाएका छन् सिंहदेवी आधारभुत विद्यालयका पुर्व विद्यार्थी र स्थानिय समुहले ।

    फिदिम नगरपालिका–५, सल्लेरीस्थित सिंहदेवी आधारभूत विद्यालयका बिद्यार्थीलाई सोमबार स्कुल ब्याग र स्विटर लगायतका सामग्री वितरण गरिएको छ । 

सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी र स्थानीयको एक समूहले सामाजिक सञ्जाल फेसबुकको सहायताले रकम संकलन गरी सामग्री खरिद गरेर वितरण गरेका हुन् । विद्यालयमा अध्ययनरत कक्षा १–३ सम्मका २४ जना छात्र–छात्रालाई स्कूल ब्याग, स्विटर र कपि कलम वितरण गरिएको हो । त्यस्तै कक्षा ४ र ५ मा अध्ययनरत १७ जना छात्रा–छात्रालाई स्विटर र कपि कलम वितरण गरिएको सामग्री वितरण अभियानमा सक्रिय फबिन तुम्बापोले बताए । त्यस्तै फुटवल लगायतका अन्य खेलकुदका सामग्री, फोहोर फाल्ने डस्टबिन, घन्टि, भित्ते घडि, विद्यार्थीका लागि उपयोगि पुस्तक लगायतका सामग्री गरी ४० हजार बराबरको सामग्री वितरण गरिएको हो । उक्त सामग्री हाल झापाको बिर्तामोडमा बसोबास गर्दै आएका सो विद्यालयका पूर्व बिद्यार्थी गणेश ढुंगेल, मात्रिका खतिवडा, पूर्व विद्यार्थी ओमकाजी श्रेष्ठ, रुमा ढुंगेल, तुलसी ढुंगेल र धनबहादुर आचार्यको उपस्थितिमा वितरण गरिएको थियो । सो सामग्रीहरु सोमबार विद्यालयमै आयोजित एक कार्यक्रमकाबीच साबिक चोकमागु गाविसका पूर्व अध्यक्ष वीरेन्द्र तुम्बापो, फिदिम नगरपालिका–५, का वडा अध्यक्ष लीलाराज तुम्बापो, समाजसेवी जीवन कुमार तुम्बापो, देवमान तुम्बापो लगायतले वितरण गरेका थिए ।

 देश तथा विदेशमा रहेका विद्यालयका पूर्व बिद्यार्थी र स्थानीय ओमकाजी श्रेष्ठ, इन्द्र तुम्बापो, श्री तुम्बापो, फबिन तुम्बापो, अम्बिका ढुंगेल, तीबेन्द्र श्रेष्ठ, नवीन श्रेष्ठ, देवराज श्रेष्ठ, चन्द्र तुम्बापो, तुलसी ढुंगेल, भुवन ढुंगेल, गणेश ढुंगेल, मात्रिका खतिवडा, बन्दना ढुंगेल, रुमा ढुंगेल, रमेश खतिवडा, धनबहादुर आचार्य, मदन खतिवडा, मनिषा खतिवडा र स्वर्गिय कमल प्रसाद खतिवडाबाट उक्त रकम संकलन भएको बताइएको छ । जाडोको सिजनमा न्यानो लुगा, स्कूल ब्याग र शैक्षिक सामग्री पाउँदा विद्यार्थी हर्षित भएका छन् । कार्यक्रममा विद्यार्थी र विद्यालयका लागि सामग्री वितरण गर्ने पूर्व विद्यार्थी लगायतको टिमलाई प्रधानाध्यापक कमल प्रसाद अर्यालले धन्यवाद दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिचारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन