२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाबाट अवैधरूपमा लुकाइएको मदिरा बरामद

२०७५, १७ पुष मंगलवार ०७:०३

 पुस १७, लहान (रासस) : नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बाँसघारीमा लुकाइछिपाइ राखेको अवस्थामा गौरव नामक मदिरा ३९० बोतल, नुरीशसी नामक मदिरा ३०० बोतल, कस्तुरी ३०० बोतल, रोयलस्ट्याक ३० बोतल र गोल्डेनओक १५ बोतल बरामद गरेको हो । 

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ स्थित विष्णुदेव साहको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ८०० लिटर अवैध मदिरा र एक हजार २०० लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । त्यस्तै प्रहरीले सिरहा नगरपालिका–१ बाट करीब ५० हजार मूल्य बराबरको अवैध समान बरामद गरेको छ । 

दर्जनौँ स्वास्थ्य क्लिनिक अवैध रूपमा सञ्चालन 

सिरहाको विभिन्न स्थानमा दर्जनौँ पोलिक्लिनिक अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । सदरमुकाम सिरहासहित लहान, मिर्चैया, गोलबजारलगायतका मुख्य बजारमा अवैधरूपमा औषधि पसल तथा पोलिक्लिनिक सञ्चालनमा रहेको पाइएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाकाअनुसार हालसम्म कार्यालयमा ९२ पोलिक्लिनिक, अस्पताल, ल्याब तथा डेण्टल क्लिनिक दर्ता भएर सञ्चालनमा रहेका छन् । तीमध्ये एक दर्जनभन्दा बढी स्वास्थ्य क्लिनिकको नवीकरण सकिएको तथा कतिपय स्वतः खारेजीको प्रक्रियामा रहेको कार्यालयका शाखा अधिकृत उमेशलाल कर्णले जानकारी दिनुभयो । 

कर्णका अनुसार लहानमा सञ्चालित आदित्य मेडिकल केयर सेन्टर, लीलामदन पोलिक्लिनिक प्रालि, त्रिदेव पोलिक्लिनिक प्रालि, डिभाइन हेल्थ केयर हस्पिटल, लहान लाइफ केयर हस्पिटल, मिर्चैया– ७ फुलबडियामा सञ्चालित शुभ शान्ति पोलिक्लिनिक प्रालि, सिरहा नरपालिका–७ स्थित पण्डिल ल्याब, गोलबजार नगरपालिका–४ असनपुरस्थित माँ धमीनी हस्पिटल प्रालि, गोलबजार–४ स्थित भुमिजा हस्पिटल एण्ड टेक्निकल डेभलेपमेन्ट सेन्टरलगायतका स्वास्थ्य संस्थामध्ये कतिपयको नवीकरण सकिएको छ भने कतिपय दर्ताबिनै सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । 

गत भदौ २० गते सरोकारवाला, स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिको बैठकले गत कात्तिक २० गतेसम्म नवीकरणको लागि समयसीमा तोकेको भएपनि हालसम्म कुनै पनि पोलिक्लिनिक तथा स्वास्थ्य संस्थाले नवीकरणका लागि निवेदन तथा कागजात पेश नगरेको शाखा अधिकृत कर्णको भनाइ छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलवाड हुँदै आए पनि नियमनकारी निकाय बेखबर बनेको स्थानीयवासीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला