2026-09-19 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल बराहपोखरी गाउँपालिकाको कामकाज विद्यालयको टहराबाटै

  पुस १७, खोटाङ् केदार मगर (रासस) | एउटा लामो टहरा । टहराभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसकेको छ । 

देशभरिका अरु स्थानीय तहको छुट्टै शान छ । कयौँ कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत छन् । यहाँको एउटा स्थानीय तह टहरामा सञ्चालित छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदुरदक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकाको कामकाज विद्यालयको टहरामा सञ्चालन गरिँदै आएको छ । 

स्थानीय बालकन्या आधारभूत विद्यालयले दिएको टहरामा स्थानीय सरकारको सम्पूर्ण काम हुन्छ । एउटा कोठा भएको उक्त टहराभित्र दर्ता चलानी शाखादेखि लिएर गाउँपालिका अध्यक्ष बस्नेसम्मको ठाउँ लहरै छ । धुलोमाटोको कक्षाकोठामा केटाकेटीलाई शिक्षकले पढाइरहेको अवस्थाभन्दा पनि नाजुक छ गाउँपालिकाको अवस्था । एउटै टहराभित्र लहरै राखिएका टेबल कुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ, दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृत कक्ष । 

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य अन्य कर्मचारी बसिसकेपछि मात्रै बाँकी रहेको कुर्सीमा बस्ने गर्छन् । “ठाउँ अभावले बेञ्चमा बस्नुपर्ने बाध्यता छ,” गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले भन्नुभयो, “तत्कालका लागि अस्थायी रूपमा विद्यालयले दिएको टहराबाट सेवा प्रवाह गरिरहेका छौँ । चाँडै व्यवस्थित भवन बनाउने योजना छ ।” हाल एउटै कोठाबाट सबै काम गर्न असहज भइरहेको उहाँको भनाइ छ । 

उपाध्यक्ष गोमा मगरका अनुसार गाउँपालिकाको आफ्नै भवन बनाउनका लागि बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षभित्र निर्माण गर्ने तयारी छ । भवन निर्माणका लागि गाउँपालिकाले रु ८० लाख विनियोजन गरिसकेको छ । भवन निर्माणका लागि स्थानीयवासीले ३७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एउटै टहराबाट सबै प्रकारको सेवा प्रवाह गर्दा सेवाग्राहीलाई असहज हुने गरेको बताउनुभयो । संस्थागत, भौगोलिक, भौतिक तथा कानूनी हिसाबले पनि यस गाउँपालिका अन्यभन्दा पछाडि रहेको अधिकृत भुजेलले बताउनुभयो । सेवाग्राहीका लागि एउटै कोठामा गाउँपालिकाको सबै काम भए पनि कर्मचारीका लागि असहज भएको छ । “यसै वर्षभित्र १६ कोठे व्यवस्थित भवन निर्माण गरिँदैछ,” भुजेलले भन्नुभयो । भवनका लागि सर्वेक्षण र डिजाइनको काम भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई