झापामा सालनालसहित गाडिएको अवस्थामा नवजात शिशुको शव फेला

Posted on: 02 Jan, 2019

पुस १८, झापा | झापाको बुद्धशान्ति गाउँपालिकामा मङ्गलबार सालनालसहित गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । घाँस काट्न गएका स्थानीयवासीले बुद्धशान्ति गाउँपालिका–४ को सट्टाभर्नास्थित बारीमा पुरिएको अवस्थामा बच्चाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले गाडेको स्थानबाट बच्चालाई निकालेको थियो । भर्खर जन्मिएको शिशु घाँटीमा सालनाल र नरिवलको पातको पासो लगाई हत्या गरेर गाडिएको अवस्थामा फेला परेको कार्कीले बताउनुभयो । “अभियुक्तको खोजी भइरहेको छ,” उहाँले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!