2026-08-25 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

एकल पुरुषलाई पनि मासिक भत्ता

चन्द्रकला भण्डारी | पुस २०, भद्रपुर | झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताउनुभयो । 

“एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौँ ।” गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५०० का दरले भत्ता प्रदान गरेकोे थियो । 

त्यसैगरी उक्त गाउँपालिकाले ८४ वर्षमाथिका ११८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दैै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु ५०० थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताउनुभयो । 

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने झापा गाउँपालिका सम्भवतः प्रदेश नं १ को पहिलो स्थानीय तह हुनसक्ने उहाँको जिकिर थियो । 

टोलटोलमा पोल 

झापा गाउँपालिकाले ‘जहाँ टोल त्यहाँ पोल’ भन्ने नारासहित गाउँपालिका भित्रका सबै वडामा बिजुलीको पोल गाड्न थालेको छ । उक्त गाउँपालिकाले रु ५५ लाखमा १ हजार थान पोल खरिद गरेर टोलैपिच्छे बिजुलीको पोल गाड्न शुरु गरेको हो । विशेष गरेर वडा नं १, ७ का अधिकांश बासिन्दा अहिले पनि बिजुली बत्तीको अभावमा कुपी र सोलर बत्तीमा निर्भर छन् । 

गाउँपालिकाले बिजुली नपुगेका स्थानमा समेत बिजुली पु¥याउने लक्ष्यसहित पोल गाड्न शुरु गरिएको वडा नं ७ का अध्यक्ष राजकुमार यादवले बताउनुभयो । उहाँले तीन महीनाभित्रमा गाउँपालिकालाई झलमल्ल बनाउने जानकारी दिँदै भन्नुभयो, “हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतमा राखेर गरेको काम नै बिजुली बत्ती हो । तीन महीनाभित्रमा सबैको घरमा बत्ती बल्छ ।” 

उहाँले टोलटोलमा लगाएका बाँस र काठका अस्थायी पोलसमेत फालेर सिमेन्टका पोल गाडेको बताउनुभयो । 

सात सडक कालोपत्र 

झापा गाउँपालिकाले चालू आर्थिक वर्षमा पालिकाभित्रका सात कच्ची सडक कालोपत्र गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दङ्गालले चालु आर्थिक वर्ष २०७५÷७६ मा सडक कालोपत्रका लागि रु ७ करोड ७० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । 

उहाँका अनुसार वडा नं ६ र ७ लाई जोड्ने सडकका लागि रु दुई करोड, ५ नं वडाका लागि रु एक करोड २० लाख, वडा नं ३ र ४ का लागि रु एक करोड एक लाख, वडा नं १ का लागि रू एक करोड ५० लाख र बाँकी अन्य सडकका लागि सो रकम विनियोजन गरिएको हो । 

“यो पर्याप्त बजेट होइन”, उहाँले भन्नुभयो, “यति रकमले छ किलोमिटर मात्र सडक कालोपत्र हुन्छ, आगामी दिनमा बजेट थपेर काम गर्दै जाने योजना छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन