२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मदिरा नियन्त्रणमा जुट्दै रोल्पा नगरपालिका

२०७५, २० पुष शुक्रबार ०८:४१

उमा केसी | पुस २०, रोल्पा | मदिराका कारण समाजमा विकृति बढ्दै गएको भन्दै रोल्पा नगरापलिकाले यसको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्र भित्रका सरोकारवालाको सुझावका आधारमा निकट भविष्यमा हुने नगरपरिषद्बाट नीति बनाइ कार्यान्वय गर्ने भएको हो । 

मदिराकै कारण धनजनको क्षति, अनुशासनहीनता र अराजकता बढेकोले पनि यसको नियन्त्रणमा नगरपालिकाले नीति बनाएर कडाइ गर्न लागेको हो । जिल्लामा घट्ने अपराध, आत्महत्या, घरेलु हिंसा, लैङ्गिक हिंसा, बलात्कार र दुर्घटनामा समेत मदिरा जोडिन आएकाले यसको नियन्त्रणमा नगरपालिका जुटेको हो । मदिरा नियन्त्रणसम्बन्धी अधिकार समेत स्थानीय सरकारलाई प्रत्यायोजन भएपछि यसलाई व्यवस्थित गर्न लागिएको हो । 

“नगर कार्यपालिकाको सातांै बैठकले मदिरा बेचबिखनलाई मर्यादित बनाउने र सेवनलाई नियन्त्रणमुखी बनाउने निर्णय गरेको हुँदा सोहीअनुरुप गर्ने गरी प्रक्रिया थालनी गरेका छांै”, नगर प्रमुख पूर्ण केसीले भन्नुभयो । मदिरासँग जोडिएर विभिन्न घटना घट्ने र त्यसका कारण समाज नियन्त्रण बाहिर जान थालेको प्रति नगर प्रमुख केसीले चिन्ता व्यक्त गर्नुभयो । “यसलाई समयमै नियन्त्रण गर्नु जरुरी भइसक्यो ”, नगर प्रमुख केसीले भन्नुभयो । 

मदिरा सेवन, बेचबिखन र उत्पादनको आचारसंहिता बनाइ कार्यान्वय गर्ने योजनामा नगरपालिका रहेको बताइएको छ । मदिरा ऐन २०३१ र नियमावली २०३३ अनुसार मदिरा उत्पादन, बिक्री वितरण र सेवन गर्नेलाई कारवाही गर्ने अधिकार दिए पनि ऐन प्रभावकारी रुपले कार्यान्वय भएको देखिदैन । 

पछिल्लो पटक गृह मन्त्रालयले कार्यकारी आदेश २०७५ समेत जारी गरेको छ । जारी आदेशमा स्थानीय तहले कार्ययोजना बनाइ लागू गर्ने उल्लेख गरिए पनि जिल्लाका कुनै पनि गाउँपालिकाले यस तर्फ ध्यान दिएको देखिदैन । त्रिवेणी र माडी लगायतका केही गाउँपालिकाले नियन्त्रणको पहल थालनी गरेको स्थानीय प्रशासनको भनाइ छ । 

मादकपदार्थ सेवनकै कारण समाजमा विकृति बढेको प्रति सबै सहमत देखिएका छन् । जिल्लामा घट्ने घटनामध्ये धेरैजसो घटना मादकपदार्थसँग जोडिएर आउने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, आत्महत्या, दुर्घटना जस्ता घटनाको कारक मादक पदार्थ देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काको भनाइ छ । 

स्थानीय सरकारले मादक पदार्थ नियन्त्रणका लागि आवश्यक कानून बनाए आफूहरुलाई कार्यान्वयन गर्न सहज हुने खड्काको भनाइ थियो । स्थानीय सरकार, जनप्रतिनिधि र नागरिक सबैले मादकपदार्थ उत्पादन, बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने निर्णय गरे कार्यान्वयनमा सहज हुने प्रहरीको सुझाव छ । 

विगतमा पनि प्रहरी र स्थानीय प्रशासनको समन्वयमा जिल्लाका केही वडामा मदिरा नियन्त्रणको प्रयास हुँदै आएपनि पूर्णरुपमा सफल हुन सकेको थिएन । रोल्पा नगरपालिका– २ ले आमा समूहको अगुवाइमा उक्त अभियानको थालनी गरेको थियो । “प्रहरीको सहयोगमा अभियान थालनी गरे पनि नजिकका वडाको उदासिनताले सफलता हासिल हुन सकेन”, पारिजात आमा समूहका अध्यक्ष गौमाया केसीले भन्नुभयो । 

सोही अभियानलाई सघाउन चालु आर्थिक वर्षको बजेटबाट रु दुई लाख ५० हजार विनियोजन गरिएको उक्त वडाका वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । “एकाध वडाको एकल प्रयासले मात्रै यस्ता अभियान सफल नहुने भएकाले समग्र नगरपालिकालाई मदिरामुक्त बनाउने गरी घचघचाएका हौँ”, वडाध्यक्ष घर्तीले भन्नुभयो । 

नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा गठित आचारसंहिता तयारी समितिले दिएको प्रतिवेदनलाई नगर सभावाट अनुमोदन गराई लागू गर्ने पक्षमा नगरपालिका रहेको बताइन्छ । आचारसंहिता अनुसार कुन कुन समय, स्थान र उमेर समूहले मादकपदार्थ उत्पादन, बिक्री वितरण र सेवन गर्ने भन्ने विषय समावेश हुने बताइएको छ । 

पटक÷पटक उठ्दै सेलाउँदै जाने मदिरा नियन्त्रण अभियानले यस पटक सार्थकता पाउने स्थानीयवासीले आशा गरेका छन् । नगरपालिकाको अगुवाइ तथा जनप्रतिनिधिको सक्रिय सहभागितामा अभियानको शुरुवात गरिएकाले यसको नियन्त्रणमा सघाउ पुग्ने आशा गर्न सकिने महिला अधिकारकर्मी तीर्था आचार्यको धारणा छ । मदिरा नियन्त्रण गर्न सके घरेलु हिंसा पनि कम हुने अधिकारर्मी आचार्यको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू