२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कुखुरा व्यवसायी मञ्चमा पौडेल

२०७५, २२ पुष आईतवार ०३:३२

पुष २२, चितवन (रासस) | जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल भुसाल र कोषाध्यक्षमा कृष्णहरि लोहनीलाई सर्वसहमतिले चयन गरेको छ । 

अन्य सदस्यमा त्रिलोचन कँडेल, रामकृष्ण अर्याल, तेजनारायण पाण्डे, बालचन्द्र खनाल, भीमनारायण श्रेष्ठ, वीरबहादुर गुरुङ, जनकमान श्रेष्ठ, विनोद पोखरेल, तारा काफ्ले, लीला कँुवर र भुपेन्द्र कर्माचार्य रहनुभएको छ । 


अधिवेशनको उद्घाटन समारोहमा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेल, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेशसभाका सांसद घनश्याम दाहाल, विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतले कुखुरा व्यवसायमा देश आत्मनिर्भर हुँदै गएकोमा सराहना गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण