२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

हिमपातका कारण डोटीसहित ३ जिल्लामा विद्युत् सेवा अवरुद्ध

२३ पुष २०७५, सोमबार १०:३०

 विमलबहादुर विष्ट | पुस २३, डोटी | गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ । 

दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ । 

हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै सकिएको छैन, सवस्टेसन प्रमुख स्वाँरले भन्नुभयो । आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेरा धुरालगायत ठाउँमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले जनाए । 

त्यस्तै अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवतजावतमा समस्या भएको बुडरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्लाका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दा घर बाहिर निस्किन सकेका छैनन् भने गाईबस्तुसमेत गोठभित्रै थुनिएको नापानीका जगत बोगटीले फोनमार्फत जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हिउँले डाँडाकाँडा र जङ्गल छपक्क ढाकेको छ गाईबस्तुसमेत बाहिर निकाल्न सकेका छैनौँ ।” जिल्लाका उच्च लेकाली क्षेत्र अर्थात् पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदेबाली सप्रिने भएकाले किसान भने खुशी छन् । हिमपातका कारण चिसो बढेकाले आफ्नो स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

भरुवा बन्दुकसहित पक्राउ 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान गाउँपालिका–५ कन्के ढुङ्गा बस्ने ४५ वर्षीय एक होटेल व्यवसायी वीरबहादुर मगरलाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । 

मगरले सञ्चालन गरेको होटेलमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त बन्दुक फेला परेकाले उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताउनुभयो । 

प्रदेश सभामुख र उपसभामुखका लागि करोडाँैका गाडी खरीद 

सुदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुखका लागि करोडौँको लगानीमा नयाँ गाडी खरीद गरिएको छ । प्रदेशसभा सचिवालयले रू एक करोड ४० लाख १० हजारमा सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी बडालका लागि दुई गाडी खरीद गरेको होे । 

सचिवालयको लेखा शाखाका अनुसार सभामुख थापाका लागि ८४ लाख ४५ हजारमा महिन्द्रा कम्पनीको गाडी र उपसभामुख बडालका लागि ५५ लाख ६५ हजारमा स्कारपियो गाडी खरीद गरिएको छ । 

त्यस्तै प्रदेशसभा सचिवालयका लागि पनि ५५ लाख ६५ हजारमा स्कारपियो गाडी खरीद गरिएको छ । तीनवटै गाडी खरीदमा रु एक करोड ९५ लाख ७५ हजार खर्च भएको लेखा शाखाले जनाएको छ । 

सभामुख अर्जुनबहादुर थापा तथा उपसभामुख निर्मला जोशीले यसअघि प्रयोग गर्दै आएको गाडी बिग्रिएकाले मर्मतसम्भार भइरहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य