Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानको त्रिवेणी गाउँपालिकालाई पाँच रोपनि जग्गा दान

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

शंकर के सी | पुस २४, सल्यान । भाडामा सञ्चालन भइरहेको सल्यानको त्रिवेणी गाउँपालिकालाइ स्थानियले पाँच रोपनि जग्गा दान दिएका छन् । त्रिवेणी ६ लुहाम निवासि रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका हुन् । भाडाको भवनमा सञ्चालन भइरहेको गाउँपालिकालाइ सेवा प्रवाहमा असहजता भएकाले सामाजिक भावना अनुसार जग्गा दान गरिएको डम्बर शाहले जनाए ।

‘गाउँपालिकाको आफ्नै भवन होस् । सेवाग्राहिले सरल तरिकाले सेवा पाउन सकुन् भन्ने हाम्रो चाहना छ,’ उनले भने । २५ लाख बरोबरको पाँच रोपनी जग्गा दान प्राप्त भएपछि गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले खुसि व्यक्त गर्दै पाँच जना दानविरले गाउँपालिकालाइ ठूलो गुण लगाएको बताएका छन् । उनले भने, ‘जग्गा अभावमा गाउँपालिकाको भवन बनाउन समस्या भइरहेको अवस्थामा अव भने सहज भएको छ ।’

जीवनमा केहि गरौँ भन्ने भावना अनुसार गाउँपालिकालाइ जग्गा दान दिएको जनाउँदै दान दाता रेमु श्रेष्ठले गाउँपालिकाले उक्त जग्गालाइ उपयोग गरेमा सबै पालिकावासिको हित हुने विश्वास व्यक्त गरे ।

त्रिवेणी गाउँपालिकाले अव थप पाँच रोपनी जग्गाको व्यवस्था गरेर भवन निर्माण कार्य अगाडी बढाइने बताएको छ । प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले यस वर्ष दान प्राप्त भएको जग्गाको माटो परिक्षण तथा डिजाइन स्टमेट गर्ने र अर्काे वर्षदेखि भवन निर्माण कार्य थालनी गर्ने जानकारि गराए । ‘अर्काे वर्ष भवन निर्माणका लागी बजेटको व्यवस्था हुन्छ,’ उनले भने, ‘भवन निर्माण पछि गाउँकार्यापालिका सहित विषयगत कार्यालय कुनै पनि भाडामा सञ्चालन हुनुपर्ने छैन ।’ अहिले गाउँकार्यपालिका, विषयगत कार्यालय तथा वडा कार्यालयहरुको भाडा वापत वार्षिक १२ लाख रुपैयाँ खर्च भइरहेको डाँगीले बताए ।