२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन महोत्सव शुरु

२५ पुष २०७५, बुधबार ०६:२६

 पुस २५, चितवन |  उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । 
महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो । 
महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराका साथ स्थानीय तहसँग मिलेर उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गर्दै आएको छ । यो १२ औँ संस्करण हो । 
महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार महोत्सवका अवधिमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जालगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी गरिने छ । महोत्सव स्थलमा दैनिक राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने छ । 
महोत्सव प्रदर्शन व्यवस्थापन समितिका संयोजक चुमनारायण श्रेष्ठका अनुसार चार विदेशीसहित २२ जिल्लाका प्रदर्शकले स्टल राखेका छन् । चीन, भारत, पाकिस्तान र बङ्गलादेशका स्टल रहेका छन् । उहांँका अनुसार ५७० स्टल महोत्सवमा रहने छन् । 
यसअघिका महोत्सवमा ५२० सम्म स्टल रहे पनि बढ्दो शहरीकरण र महोत्सवको आकर्षणका कारण स्टल थपिएको श्रेष्ठले बताउनुभयो । महोत्सवमा व्यावसायिक स्टल, कृषि प्रवद्र्धन, सूचना प्रविधिसम्बन्धी स्टल, नेपालमा बनेका हस्तकला प्रर्दशन, शैक्षिक स्टलका साथै सामाजिक संस्थाका स्टल रहेका छन् । 
माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल भ्रमण वर्ष २०२० तर्फ लक्षित छ । चितवनको पर्यटकीय क्षेत्रलाई चिनाई यस जिल्लालाई देशकै पहिलो पर्यटकीय गन्तव्य बनाउन टेवा पुगोस् भन्ने हेतुले महोत्सव स्टलमा वन्यजन्तु तथा पक्षीको मूर्ति राखी कृत्रिम चिडियाखाना निर्माण गरिएको छ । उक्त चिडियाखानामा चितवनका गैँडा, बाघ, भालु हात्ती, चराचुरुङ्गीलगायत विदेशमा पाइने जनावरको समेत मूर्ति निर्माण गरिएको छ । यहाँका ५० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक गाइड बुक तथा ब्रोसरसमेत तयार गरिएको छ । 
महोत्सवलाई थप आर्कषण दिने स्टल ‘मेड इन नेपाल’ रहेको छ । ती स्टलमा नेपालमा मात्रै उत्पादन भएका वस्तुको प्रदर्शन गरिएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो