By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    3 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    20 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    23 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    23 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वादी समुदाय उत्थान समिति खारेज गर्न नहुने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > ललितपुर - LLT > वादी समुदाय उत्थान समिति खारेज गर्न नहुने
ललितपुर - LLTसमाज

वादी समुदाय उत्थान समिति खारेज गर्न नहुने

साझासवाल
Last updated: January 9, 2019 8:11 am
साझासवाल
5 Min Read
Share

सच्चिता घिमिरे |  पुस २५, ललितपुर | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वादी समुदाय उत्थान समितिको खारेजीको तयारी गरिरहँदा यस समुदायको जीवनस्तर उकासिन बाँकी रहेको भन्दै वादी समुदाय उत्थान समितिले खारेजी नगर्न मन्त्रालयलाई भनिरहेको छ । 

मनत्रालयले पटक÷पटक मन्त्रिपरिषदमा अरु विभिन्न समितिसँगै यो समिति खारेजीको प्रस्ताव लगिरहँदा समितिले वादी समुदायको जीवनस्तरमा सुधार नआएकाले समिति राख्नुपर्ने बताएको हो । 

अहिले पनि वादी समुदाय विकासका सबै जसो सूचकका आधारमा सबैभन्दा पछाडि रहेको समितिका कार्यकारी निर्देशक महेश नेपालीले बताउनुभयो । यो समुदायको शिक्षा, स्वास्थ्य, आवास, रोजगारीलगायतका समस्या ज्यूँका त्यूँ रहेको छ । वादी समुदायमा बाध्यात्मक यौन व्यवसायसँगै अरु समस्या रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आफ्नो छुट्टै जग्गा नभएकाले यो समुदायका मानिस अहिले पनि ओढारमा नै वास बस्नुपर्ने अवस्था छ ।” समितिले विगतमा आयमूलक काममा लाग्नका लागि सीप सिकाउने काम गरिरहेको थियो । यो वर्ष खारेजी गर्ने कुरा भएकाले समितिका लागि बजेट नछुट्टिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष समिति निष्क्रिय नै छ ।” 

सरकारले एक दशक पहिले नै यो समुदायलाई ‘यौन शोषणमुक्त समुदाय’ घोषणा गरेको थियो । यो समुदायमा यौन व्यवसाय हटेको होइन यसले स्वरुप फेरिरहेको कार्यकारी अधिकृत नेपालीले बताउनुभयो । यस समुदायका महिलालाई अरु जातका पुरुषले विवाह नगरी लामो समयसम्म सँगै बस्दा समस्या निम्तिएको उहाँले बताउनुभयो । 

कतिपयले सन्तान जन्मदा समेत श्रीमतीका रुपमा स्वीकार गरेका छैनन् । ‘यौन व्यवसाय’ जतिकै यो समस्याले विकराल रुप लिइरहेको समितिले बताएको छ । यो समुदायमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गाको समस्या रहेको कार्यकारी अधिकृत नेपालीले बताउनुभयो । अधिकांशसँग आफ्नो नाममा जग्गा छैन । 

यो समुदायका व्यक्ति घुमन्ते, फिरन्ते रुपमा बसिरहेका छन् । अस्थायी रुपमा कहिले ओढार त कहिले खोलाको छेउमा बस्ने गर्छन् । उहाँले भन्नुभयो, “उनीहरु अहिले पनि गर्मीमा खोलाको छेउमा र जाडोमा अरुको गोठमा वा कतै छाप्रो हालेर बसिरहेका छन् ।” 

वादी समुदाय पहिलेदेखि राजा, महाराजाका लागि गाउने, नाच्ने गरेर मनोरञ्जन दिन्थे । पछि बाइसे, चौबिसे राज्य सकिएसँगै मनोरञ्जन दिनेलाई उनीहरुले पेशाका रुपमा लिए । कतिपयले व्यापारमा लाग्न खोजेका छन् । तर अरु जातकाले उनीहरुले छोएकै नखाने हुँदा काम छाड्न बाध्य छन् । उहाँले भन्नुभयो, “अरु मात्रै होइन, अरु दलित जातले समेत यो समुदायले छोएको खाँदैन ।” 

मन्त्रालयले यो समिति प्रदेशमा लैजाने वा दलित आयोगमा नै समेट्ने बताएको छ । एक भन्दा बढी प्रदेशमा यो समुदायका मानिस छरिएर रहेकाले प्रदेशले समेट्न नसक्ने र एकभन्दा बढी प्रदेशमा समिति बनाउनुपर्ने उहाँले बताउनुभयो । 

आयोगले सरकारलाई सिफारिस गर्ने काम गरे पनि समिति आफैँले बजेट सञ्चालन गर्छ । समितिले विगतमा थोरै बजेटमा पनि आयमूलक तालीम दिएको थियो । महिलाका लागि विभिन्न सीपमूलक तालीम र पुरुषका लागि रिक्सा चलाउनेलगायतका सीप सिकाइएको थियो । उहाँले भन्नुभयो, “यो समुदायलाई उकास्नका लागि महिला र पुरुष दुबैलाई रोजगारीमा लगाउन खाँचो छ ।” 

ग्रामीण भेगमा भने यो सुमदाय मादल, शुल्पालगायतका सामग्री बनाएर अरु जातसँग अन्न लिने गर्छन् । शहरमा भने त्यसो गर्न नमिल्दा यौन व्यसायमा संलग्न भइरहेका छन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार यो समुदायको जनसङ्ख्या ३८ हजार ६०३ रहेको छ । वास्तविक जनसङ्ख्या भने योभन्दा दोब्बर भन्दा बढी रहेको समुदायको दाबी छ । 

खड्गजात्रा आगामी वर्षमा पनि निरन्तरता 

गतवर्ष मनाइएको खड्गजात्रा आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ । ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ र गुठी संस्थान ललितपुर शाखा आगामी वर्ष पनि जात्रा सञ्चालन कसरी गर्ने भन्ने छलफल शुरु भएको छ । 

अवको केही वर्षसम्म सबै निकायले मिलेर जात्रा सञ्चालन गर्ने र त्यसपछि अक्षयकोषको स्थापना गर्ने योजना बनाइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । 

गतवर्ष महानगरपालिका र सङ्घ दुबैले रु दुई लाख ७५-दुई लाख ७५ हजार लाख हालेका थिए । केही वर्षसम्म सहकार्यमा चलाउने र त्यसपछि अक्षयकोषको स्थापना गर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “सबै मिलेर लाग्दा मात्रै यो जात्राले निरन्तरता पाउन सक्छ ।” 

खड्गजात्रा पाटनको महत्वपूर्ण जात्रामध्ये एक मानिन्थ्यो । आर्थिक अभावलगायतका समस्याका कारण यो जात्रा २४ वर्षसम्म सञ्चालन हुन सकेको थिएन । प्रत्येक वर्ष दशैँका समयमा यो जात्रा सञ्चालन हुने अध्यक्ष महर्जनले बताउनुभयो । 

महानगरपाकिाका प्रमुख चिरीबाबु महर्जनले अक्षयकोषका लागि बढी रकम महानगरपालिकाले हाल्ने बताउनुभएको छ । त्यसमा उद्योग वाणिज्य सङ्घ र अरु सङ्घसंस्थालाई समेत समावेश गर्ने योजना छ । जात्रालाई दीर्घकालीन रुपमा सञ्चालनका लागि आर्थिक स्रोतसहित समिति बनाउने समेत योजना रहेको छ । जात्राका लागि गुठी संस्थानले खान्ची रकमको समेत व्यवस्था गरेको छ । रासस |

Share This Article
Facebook Email Copy Link Print
Previous Article काँग्रेस नेता जोशीसहित अन्य २ जनाको पार्टी सदस्यता खारेज
Next Article रु एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पूर्वी रुकुम - ERKMमुख्य समाचारसमाज

अटो रिक्सा दुर्घटना हुँदा रुकुमपूर्वमा १ जनाको मृत्यु, ४ जना घाइते

2 years ago
समाज

सहकारी बारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

57 years ago
काठमाडौँ - KTMसमाज

तपाइको नजिक आपराधिक क्रियाकलाप त भएका छैनन् ? यी नम्बरमा फोन गर्नुहोस्

57 years ago
पर्बत - PBTसमाज

मुस्ताङमा हिमपातसँगै पर्वतमा चिसो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?