२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा एकिकृत घुम्ती शिबिरबाट ४७ सय बढिले सेवा लिए

२०७५, २५ पुष बुधबार १३:२५

कमल रावल | पौष २५, अछाम | अछामको रामारोशन गाउपालिकामा ३ दिनसम्म संञ्चालन भएको बृहत एकिकृत घुम्ती शिबिरमा स्थानीय नागरिकले बिशेषज्ञ सहितको स्वास्थ्य सेवा सहित नेपाली नागरिकता लगायत सम्पूर्ण सरकारी सेवा लिएका छन । शिविरमा बाट ४ हजार ७ सय ९३ जनाले सेवा लिएका हुन ।

पौष २२ गतेदेखि २४ गतेसम्म गाउँपालिकाको केन्द्र मुजाबगरमा सञ्चालन भएको शिबिर रामारोशन गाउपालिका र सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको सयुक्त आयोजनामा भएको हो । शिविरको संयोजन सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको थियो ।

३ दिनसम्म सञ्चालन भएको शिबिरमा ३ सय ८७ जनाले नेपालि नागरिकता प्राप्त गरेका छन भने २१ जनाको अपागंता परिचयपत्र सिफारिस गरिएको छ । यस्तै ३५१ जनाको फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता, ३७२ कृषकका पशु बस्तुहरुको उपचार, १५५ कृषकको कृषि बालि प्रर्दशनी ४६३ कृषकलाई बिभिन्न कृषि बिउविजन वितरण, ४७२ कृषकलाई कृषि  परामर्श सेवा, २२९ जनालाई बहुक्षेत्रिय पोेषण योजना अन्र्तगत पोषण परामर्श र २१ वटा घरेलु तथा साना उद्योग दर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।


यसैगरि बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविरमा जम्मा २ हजार २२१ जनाले स्वास्थ्य उपचार गराएका छन । जसमा ३७७ जनाले भीडियो एक्सरे सेवा, ४३७ जनाले हाडजोर्नी र नसा सम्वन्धि उपचार, ३१७ जनाको नाक, कान घाँटी र दन्तरोग सम्वन्धि उपचार, ३६७ जनाको स्त्रीरोग सम्वन्धि उपचार, १९० जनालाई प्रयोगशाला तथा ल्याव सेवा, सामान्य उपचार तर्फ ४८८ जना र १४५ जनाले आयुबेर्दी उपचार सेवा लिएको रामारोशन गाउँपालिकाका सूचना प्रबिधि अधिकृत बुद्धि बहादुर साउदले जानकारी दिए ।


गाउँपालिकामा बृहत शिबिर संञ्चालन गरेपछि नागरिकहरुले दुर्गममा पहिलो पटक बिशेषज्ञ सहितको निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाएको गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले बताए । विशेषगरी महिला, वृद्धबृद्धा र गरीबदुःखीहरुका लागि स्वास्थ्य समस्याको पहिचान, पहिचान भएका रोगहरुको निदानका लागि शिविर प्रभावकारी भएको अध्यक्ष साउदले बताए । शिविरबाट स्वास्थ्य सरसफाई, सरकारी सेवा प्रवाह, पोषण अवस्था सुधारका विषयमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनले बताए ।  

शिविरबाट जटिल खालका रोगहरु पहिचान भई कतिपय विरामीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर समेत गरिएको बताईएको छ । शिविरको उदघाटनका लागी सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायण प्रसाद बिडारी सहित कर्मचारी र बिशेषज्ञ डाक्टरहरुको टोलि मुजाबगर पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी