२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुरमा फोहरमैला सङ्कलन केन्द्र निर्माण

२०७५, २६ पुष बिहीबार ०७:४०

पुस  २६, दमौली | तनहुँको बन्दीपुर गाउँपालिकाले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरेको छ । 

गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले रु २५ लाखमा सङ्कलन केन्द्र निर्माण गरिएको बताउनुभयो । गाउँपालिकामा फोहरमैला सङ्कलन केन्द्र नहुँदा समस्या उत्पन्न भएपछि पाँच रोपनी सार्वजनिक जग्गामा केन्द्र निर्माण गरिएको हो । 

“फोहरमैला सङ्कलन केन्द्र नहुँदा चुँदी खोला नजिक जथाभावी फोहरमैला बिसर्जन गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अब भने फोहरमैला व्यवस्थापनका लागि सहज हुने विश्वास गरिएको छ ।” 

गाउँपालिकाको शहरी क्षेत्रबाट दैनिक दुई ट्र्याक्टर फोहर सङ्कलन हुने गर्छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले फोहरमैला केन्द्र निर्माण गर्न केही समय अघिदेखि नै प्रयास गरिएको भए पनि जग्गाको पहिचान हुन नसक्दा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कलन केन्द्रका लागि उपयुक्त खोजी गरिरहेका थियौँ, जसकारण केही समय ढिला हुन गयो ।” 

उहाँका अनुसार गाउँपालिकालाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाउने लक्ष्य लिइएको छ । उक्त लक्ष्य प्राप्तिका लागि गाउँपालिकाभित्रका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पुर्याउन गाउँपालिकाले सहयोग गर्ने थापाले बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस