2026-07-25 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

पुस  २६, गोदावरी | पशुपति अन्नपूर्ण आश्रम, नेपाल परम्परागत बौद्ध सङ्घ र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको संयुक्त पहलमा गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम वेनी र ज्येष्ठ नागरिक सेवा केन्द बाँडेगाउँका ज्येष्ठ नागरिकलाई आज २१० थान ज्याकेट वितरण गरिएको छ । आश्रमका अध्यक्ष प्रा डा जगदीश वैध, सङ्घका सदस्य विजयज्योति शाक्य र कोषका सभापति रामकृष्ण कर्माचार्यले गलेश्वरधाम आश्रममा ८० थान र ज्येष्ठ नागरिक सेवा केन्द्र बाँडेगाउँलाई १३० थान ज्याकेट वितरण गरेको पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष प्रा डा वैधले जानकारी दिनुभयो । 

उहाँले विसं २०४० बाट ज्येष्ठ नागरिकलाई न्यायो कपडा वितरण गर्दै आएको र ३५ वर्षदेखि आफ्नै पारिश्रमिकबाट जाडोमा न्यानो कपडा वितरण गर्दै आएको बताउनुभयो । 

यो वर्ष सुदूरपश्चिमाञ्चल, स्वर्गद्धारी र चितवनमा ज्याकेट वितरण गरिएको छ । देशभर ज्येष्ठ नागरिकको अवस्थालाई ध्यानमा राखी पाँच हजार ५०० ज्याकेट वितरण गर्ने योजना रहेको बताइयो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले नेपालमा कूल ३० लाख ज्येष्ठ नागरिक सङ्ख्या रहेका जानकारी दिनुभयो । 

“गत वर्ष यी तीन आश्रम, सङ्घ र कोषले संयुक्त रुपमा गलेश्वरधाम आश्रममा रहनुभएका पुरोहित, गुरु, ज्येष्ठ नागरिक र त्यहाँका शिक्षकलाई न्यायो कपडा वितरण गरेको नेपाल परम्परागत बौद्धधर्म सङ्घका सदस्य शाक्यले भन्नुभयो ।” रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक