2026-09-19 02:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दमकका दाहाल फ्याँकिएका कागजबाट कलम उत्पादन गर्दै

पुस २६, दमक |  झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थाल्नुभएको छ । उहाँले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गर्नुभएको हो । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ । 

तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो । कुवेतको एउटा बैंकको स्टेश्नरी विगभामा काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश कलम कागजबाट बनेको देखेपछि आफ्नै ठाउँमा पनि उहाँले त्यस्तो प्रविधि भित्र्याउनुभएको हो । 

“यो प्रविधिबाट उत्पादित कलम वातावरणमैत्री पनि छ” ३४ वर्षीय दाहालले भन्नुभयो, “ यसरी कलम उत्पादन हुँदै आएको सम्भवतः यो देशकै पहिलो उद्योग हो ।” कागजबाट कलम बन्ने तरिका इन्टरनेटमार्फत सिकेको र प्रविधिको खोजी इन्टरनेटमार्फत नै गरेको दाहाल बताउनुहुन्छ । अहिले प्रयोगमा आइरहेको काठको कलमले वातावरणमा असर गरिरहेको थाहा पाएपछि आफूमा कागजको कलम बनाउने इच्छा बढेको उहाँले बताउनुभयो । मेशिन खरीद गरेर यस्तो प्रविधिको उद्योग स्थापना गरिएको हो । 

अहिले नेपालमा वार्षिक करोडौँ रुपैयाँको कलम भारत तथा अन्य मुलुकबाट आयात हुन्छ । विदेशबाट ठूलो परिमाणमा आयात हुने कलमलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेर यस्तो उद्योग स्थापना गरिएको उद्योग सञ्चालक दाहालको दाबी छ । 

शुरुआती क्रममा उद्योगमा रु ३५ लाखको निजी लगानी गर्नुभएका उहाँले दैनिक एक लाख ५० हजार कलम उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल दैनिक तीन हजार कलम उत्पादन गर्नुभएको छ । मागबमोजिम मात्र कलम उत्पादन भइरहेको छ । उपभोक्ताले नेपाली उत्पादनको महत्व नबुझी दिँदा बजार पाउन समस्या आएको उहाँको गुनासो छ । भन्नुहुन्छ, “उपभोक्ताले स्थानीय उत्पादनलाई बजारीकरणमा सघाउ गर्न खाँचो छ ।” उद्योगमा चार जनाले रोजगारी पाएका छन् । उहाँले भन्नुभयो, “उत्पादन क्षमताअनुसार बजारमा कलमको मागको अभाव छ ।” 

युवा व्यवसायी दाहालको यो वातावरणमैत्री कलम उत्पादनलाई टेवा दिनुपर्ने खाँचो रहेको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको भनाइ छ । उपप्रमुख अधिकारीले भन्नुभयो, “आफ्नै ठाउँमा युवालाई स्वरोजगार बनाउन विभिन्न योजना बनाइरहेको छौँ, यस्तो स्वरोजगार नीतिमा नगरपालिका गम्भीर छ ।” रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो