२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा बसले किचेर एकको मृत्यु

२७ पुष २०७५, शुक्रबार ०६:०८

पुस २७, दमौली | तनहुँ  मा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन् । 

वृद्ध मृतावस्थामा फेला 

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृतावस्थामा फेला परेका छन् । हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०÷६५ वर्षीय टेकबहादुर विक मृतावस्थामा फेला परेका हुन् । 

धादिङ घर बताउने विक विगत पाँच-छ दिनदेखि डुम्रे बजार आसपास मागी खाई हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

फरार प्रतिवादी पक्राउ 

तनहुँ अदालतबाट कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । घरमा आगो लगाएको मुद्दामा तनहुँ शुक्लागण्डकी नगरपालिका–९ का ५० वर्षीय आइत भन्ने ठगबहादुर कमर जोगी पाँच वर्षपछि पक्राउ परी बिहीबार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो । 

सो अभियोगमा जिल्ला अदालतले जोगीलाई पाँच वर्ष कैद फैसला गरेको थियो । विसं २०७० मा सोही वडाका इन्द्रप्रसाद वाग्लेको घरमा आगो लगाएको अभियोगमा जोगी फरार रहेका थिए । तनहुँ प्रहरीले पछिल्लो समयमा अदालतबाट कैद तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै सञ्चालन गरिरहेको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य