२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका अधिकांश मासु पसल मापदण्डविपरीत

२८ पुष २०७५, शनिबार ०४:०७

पुस २८, भक्तपुर | जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ । 

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको हो । यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन भक्तपुर फ्रेस हाउस एण्ड अण्डा सेन्टरले पालना नगरेको पाइएपछि उक्त पसलको तराजु नियन्त्रणमा लिएर तीन दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको छ । 

त्यस्तै इतुसा मिट शप, इन्द्रायणी मिट शप, जयकाली मिट शप, कालिका कोल्डस्टोर, सञ्जीव मिट शप, बालाखु गणेश कोल्डस्टोर, एभरेष्ट चिकेन स्टोर, रामेछाप कोल्डस्टोर पसल तीन दिनभित्र दर्ता गर्न, नवीकरण नभएकालाई नवीकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु धुलो नलाग्ने गरी जालीले छोपेर राख्न, मूल्यसूची राख्न, भुइँ सफा गर्न मिल्ने गरी प्लाष्टर गर्न वा टायल राख्न, मासु काट्ने औजार खिया नलाग्ने गरी सफा राख्न, ढक तराजु नवीकरण गर्न निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

त्यसैगरी उक्त नगरपालिकाले बाराहीस्थान डोकाफल्चादेखि घलातेसम्मका २५ पसलमा अनुगमन गरिएकामा २३ वटा विना दर्ता सञ्चालन भएको पाइएको अनुगमन समितिका सदस्य एवं वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य