2026-09-01 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा विद्यार्थीमार्फत घरघरमा राजश्वको सहुलियत पर्चा

 पुस २९, चितवन | आन्तरिक राजश्व कार्यालय भरतपुरले राजश्व विभागबाट यही पुस मसान्तसम्मका लागि दिइएको छुट र सहुलियतका विषयमा विद्यार्थीको हातबाट पर्चामार्फत अभिभावकलाई जानकारी गराएको छ । 

चितवन र नवलपुर जिल्ला हेर्दै आएको सो कार्यालयले दुवै जिल्लाका अधिकांश विद्यालयमा पुगेर विद्यार्थीमार्फत अभिभावकलाई पर्चा पठाएको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार पुस महीनाभरि नै कार्यालयका कर्मचारी विद्यालयमा पुगेर कक्षा कोठामा कर कार्यालयले दिएको छुट र सहुलियतका बारेमा आफ्ना अभिभावकलाई जानकारी गराउन आग्रह गर्दै पर्चा दिइएको हो । सो क्रममा ४० हजार पर्चा विद्यार्थीमार्फत अभिभावकलाई पठाइएको उहाँले बताउनुभयो । 

पर्चामा आर्थिक ऐन २०७५ ले पुस मसान्तभित्र कर बुझाएमा करदाताले पाउने छुट तथा सहुलियतका विषयमा जानकारी गराइएको छ । विद्यार्थीलाई आफ्ना अभिभावकले पढेपछि ती पर्चा अन्यलाई दिन आग्रह गरिएको रिजालले बताउनुभयो । करदातासम्म सन्देश पु¥याउने महत्वपूर्ण माध्यम विद्यार्थी हुने भएकाले उनीहरुको सहयोग लिइएको उहाँले जानकारी दिनुभयो । 

कार्यालयले यससँगै उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्शलगायतका संस्थामार्फत अन्तरक्रिया गरी छुटका विषयमा जानकारी गराउने काम गरिरहेको छ । यससँगै टेलिफोनबाट समेत जानकारी गराउने काम भइरहेको उहाँले बताउनुभयो । 

आन्तरिक राजश्व विभागले विगतमा करको दायरामा नआएका तर आर्थिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिले स्थाई लेखा नम्बर लिई आर्थिक वर्ष २०७१-७२ देखि २०७२-७३ सम्मको आय विवरण र सोमा लाग्ने कर यही पुस मसान्तसम्म बुझाएमा सोबापत लाग्ने शुल्क तथा व्याज मिनाहा हुनुको साथै सोभन्दा अघिल्ला आर्थिक वर्षको आय विवरण र कर शुल्क तथा व्याज मिनाहा हुने व्यवस्था गरेको छ । 

विभागले करको दायरामा आएका तर आर्थिक वर्ष २०७२÷७३ वा सोभन्दा अघिसम्मको आय विवरण पेश नगरेका व्यक्ति वा फर्मले पुस मसान्तभित्रमा कर बुझाएमा विभिन्न आर्थिक वर्षका कर, शुल्क तथा व्याज मिनाहा गरेको छ । त्यस्तै विसं २०७४ असार मसान्तसम्मको मूल्य अभिवृद्धिकर विवरण पेश नगर्ने करदाताले कर विवरण र मूल्य अभिवृद्धिकर रकम यही पुस मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर र व्याज मिनाहा हुने व्यवस्था गरेको छ । 

आन्तरिक राजश्व कार्यालय भरतपुरमा ४८ हजारभन्दा बढी करदाता रहेका छन् । मूल्य अभिवृद्धि करमा दर्ता भएका सात हजार ८०० रहेका छन् भने व्यक्तिगत प्यान नं लिनेको सङ्ख्या ३३ हजार रहेको छ । कार्यालयले यस आर्थिक वर्षमा रु २७ अर्ब ६२ करोड राजश्व उठाउने लक्ष्य राखेकामा हालसम्म रु १३ अर्ब ५ करोड उठाएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला