२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रत्ननगरका जनप्रतिनिधिका लागि आचारसंहिता जारी

२०७५, ३० पुष सोमबार ०९:०१

पुस ३०, भरतपुर | रत्ननगर नगरपालिकाले जनप्रतिनिधिका लागि आचारसहिंता जारी गरेको छ । 

जनप्रतिनिधिलाई जिम्मेवार र पारदर्शी बनाउन जारी गरिएको आचारसंहिता आइतबार सम्पन्न चौथो नगरसभाले पारित गरेको हो । 

नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी गरिएको नगरप्रमुख नारायण वनले बताउनुभयो । आचारसंहितामा जनप्रतिनिधिले नगरपालिकाभित्र पान, गुड्खा खान पाउने छैनन् भने नगरभित्रका कुनै पनि ठेक्कापट्टाको काम गर्न र गराउन पाउने छैनन् । आचारसंहिता पालना भए नभएकोबारे अनुगमन गर्न नगरप्रमुखको अध्यक्षतामा उपप्रमुख सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी समिति निर्माण गरिएको छ । 

जनप्रतिनिधिका लागि आचारसंहितासहित बालमैत्री नगरसम्बन्धी आचारसंहिता र विभिन्न योजना संशोधन प्रस्ताव पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले जानकारी दिनुभयो । 

सन् २०१९ भित्र नगरपालिकालाई बालमैत्री नगर बनाउने लक्ष्य लिइएकाले बालमैत्रीसम्बन्धी आचारसंहिता नगरसभाले पारित गरेको हो । नगरसभामा विधान मस्यौदा समितिका संयोजक तीलकराज शर्माले बालमैत्री आचारसंहिता प्रस्ताव, मस्यौदा समिति सदस्य अपिल अधिकारीले जनप्रतिनिधिको आचारसंहिता र कार्यपालिका सदस्य राजेन्द्र हमालले योजना संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । 

नगरसभामा सबै प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको नगरप्रमुख वनले जानकारी दिनुभयो । नगरसभाले वडागत र नगरस्तरीय विभिन्न ३२ वटा योजना संशोधन गरी २९ वटामा झारेको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी