२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रुरु क्षेत्रमा दर्शनार्थीका घुइचो

२०७५, १ माघ मंगलवार १२:२४

लक्ष्मी अर्याल | माघ १, गुल्मी | गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल गुल्मीको रिडिमा माघे संक्रान्ती मेला सुरु भएको छ । ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मंगलबार श्रद्धालु भक्तजनको घुइचो लागेको छ । आजदेखि ३ दिनसम्म रुरु गाउपालिकाको  रिडिमा रहेको कालीगण्डकी नदिमा नुहाएर श्रषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक जन विश्वास छ । त्यस्तै पितृ ऋण, देव ऋण तिरिने र पाप नष्ट हुने विश्वास पनि छ ।


रुरु क्षेत्रमा रहेको रिडिमा प्राचिन समयमा देवश्रषिले तपस्या गरेको धार्मिक मान्यता छ । माघे संक्रान्तिको अवसरमा रिडिमा ५ दिन सम्म ठुलो मेला लाग्दछ । मेलामा विशेषगरि राडि,पाखि,बाँस ,कम्बल ,जडिबुटि तथा चोयाबाट निर्मित सामाग्राीहरु,ओखरका घाँजी लगाएतको विशेष व्यापार हुने गर्दछ । जसका लागि एस वर्ष १ सय ३० स्टल निर्माण गरिएको छ । व्यापार तथा धार्मीक पर्यटनका लागि व्यापारिहरु रुकुम,रोल्पा,हुम्ला,जुम्ला,प्युठान,पर्वत,बाग्लुङ्ग,म्याग्दी लगाएतका जिल्लाका व्यापारि आउने गर्दछन् । मेलामा पछिल्लो समय साँस्कृतिक महोत्सवसंगै  कृषिजन्य उत्पादनहरु पनि प्रदशनिका लागि राख्न थालिएको छ । मन्दिर तथा मेला व्यावस्थापन समितिले टाढाटाढाबाट आउने दर्शनार्थीहरुका लागि निशुल्क खानपानको व्याव्स्था मिलाएको छ । ऐतिहासिक क्षेत्र रिडिमा माघे संक्रान्ती ,एकादशी,साउने संक्रान्ती,कृष्ण अष्ठमी लगाएतका पर्वहरुमा पनि मेला लाग्ने गर्दछ । सोहि अवसरमा गुल्मीका लेकपोखरा ,छल्दी, सेतिवेणी ,रुद्रवेणी,लगाएतका स्थानमा मेला लाग्ने गर्दछ । मेला व्यावस्थापन र सुरक्षाका लागि गुल्मी ,पाल्पा र स्याङ्जामा कार्यरत केहि सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु