Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उर्लाबारी परिवार हङकङले मोरङको बालगृहलाई रु डेढ लाख सहयोग

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ३, उर्लाबारी | मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई आज उर्लाबारी परिवार हङकङले रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।&nbsp;</p><p>उर्लाबारी नगरपालिका– ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी परिवार हङकङका निवर्तमान अध्यक्ष विकास सुब्बा र सल्लाहकार पूर्ण वाइबाले संयुक्तरुपमा बालगृहका अध्यक्ष मीना बराललाई सो रकम हस्तान्तरण गर्नुभयो । भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराएको अध्यक्ष सुब्बाले बताउनुभयो । विसं २०५७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा स्थापित सो बालगृहमा हाल २२ जिल्लाका ४६ बालबालिका आश्रित छन् | रासस |&nbsp;</p>