२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा खानेपानी जोहो गर्न बिहानैदेखि लाइन

३ माघ २०७५, बिहीबार ०८:१७

माघ ३ , दमौली | बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको धारोमा पानी खोल्यो कि अर्को टोलमा पानी आउँदैन । खानेपानीको जोहो गर्नमै दिन बित्ने गर्छ । 

तनहुँको भीमाद नगरपालिका–२ रघुगाउँका बासिन्दाले सधैँ पानीका लागि यस्तै पीडा भोग्न बाध्य छन् । बिहान चार बजेदेखि नौ बजेसम्म मात्रै पानी आउने भएकाले झिसमिसेमै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी भिमशिला थापा बताउनुहुन्छ । “बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता रहन्छ,” उहाँले भन्नुभयो । 

धारोमा पर्याप्त पानी नआएपछि पँधेरोको भर पर्नुपर्ने स्थानीयवासी पूर्णिमाया आलेले बताउनुभयो । दुई सय ४९ घरधुरी रहेको उक्त गाउँमा पाँच पँधेरो छ । उहाँ भन्नुहुन्छ, “पँधेरासम्म पुगेर पानी भरेर आउँदा एक घण्टाभन्दा बढी लाग्छ । वर्षात्को समयमा पँधेरोको पानीले जसोतसो पुग्छ, हिउँदमा घण्टाँै लाइन बस्नुपर्छ ।” परिवारको एक जना खानेपानीकै जोहो गर्न खटिनुपर्छ । “खानेपानी भर्न लाइन बस्नुपर्दा कहिलेकाहीँ छोराछोरीलाई विद्यालय पठाउन सक्दैनौँ,” आलेले भन्नुभयो । 

मगर बस्ती रहेको रघुगाउँमा खानेपानी समस्या समाधानका लागि रु दुई करोडको लागतमा केन्द्रीय परियोजनाअन्तर्गत खानेपानी आयोजना निर्माण थालिएको छ । रघु खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा बजेट अभावमा दुई वर्षदेखि आयोजनाको काम रोकिएको बताउनुहुन्छ । खानेपानीको मुहानमा मुख्य ट्याङ्की तथा तीन शाखा ट्याङ्कीसमेत निर्माण गरिएको छ । शाखा ट्याङ्कीसम्म पाइप विस्तार गरिएको छ भने मूल ट्याङ्की, वितरण लाइनको पाइप विस्तार तथा पानीको मूललाई तारजालीले घेर्न बाँकी छ । दुई वर्षयता आयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छैन । दुई वर्षभित्र सक्ने गरी २०७१ कात्तिकमा उक्त आयोजना निर्माणको काम थालिएको हो । 

घरबास चलाउन बाधा 

स्थानीयवासीले घरबास (होमस्टे) सञ्चालन गर्ने योजना बनाए पनि खानेपानी समस्याका कारण सो योजना पुरा हुन पाएको छैन । “यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना छ, पानीको समस्याले बाधा पुगको छ,” स्थानीयवासी विष्णुबहादुर थापाले भन्नुभयो । 

घरबास सञ्चालन गर्न गाउँलेले तालीमसमेत लिएका छन् । भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा उक्त आयोजना केन्द्रीय परियोजनाअन्तर्गत सञ्चालन गरिएकाले नगरपालिकाले चालू आर्थिक वर्षमा बजेट विनियोजन गर्न नसकिएको बताउनुहुन्छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य