2026-09-19 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: कतै धमाधम बोट मर्दै, कहीं लटरम्म सुन्तला

चिसाङ शेर्पा | माघ ४, खोटाङ | खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाँडामा बोट सुक्ने समस्याले लगभग सुन्तला नै मासियो । जिल्लाको हकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र लामिडाँडा, खार्पा, कुभिण्डेमा सुन्तला खेती लोप भएको त्यहाँका किसानहरु बताउँछन् । लामिडाँडाका सुन्तला खेती गर्दै आएका डम्बर बहादुर श्रेष्ठको सुन्तला खेती गर्ने जोशजाँगर अहिले हराएको छ । २०५२ सालमा नमूना बगैचा निर्माण गरी डेढ सय बोट रोपेको सुन्तला अहिले लभगभ बगैचा नै खाली छ । सुन्तलाको जरा कुहिने, हाँगा सुक्दै जाने, पात पहेँलो हुने र अन्ततः बोट नै सुक्ने समस्याले सुन्तलाको बगैचा रित्तिएको उहाँको भनाई छ । सुन्तला खेतीले प्रख्यात लामिडाँडा अहिले सुन्तला विहिन बनिरहेको छ ।

लामिडाँडाको सुन्तलामा आएको समस्या तीन वर्ष भयो । फल लाग्ने सुन्तलाका बोटहरु धमाधम सुक्न थालेपछि स्थानीयले सुन्तलाको बोटलाई ढालेर दाउराका लागि प्रयोग गर्दै आएका छन् । मंसिरको अन्तिम सातादेखी पहँेलैगरी सुन्तला पाउने लामिडाँडामा सिजनमा समेत सुन्तला नै पाउन छोडेको छ । यता, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा भने, सुन्तलाको बोटमा ऐंजेरु पलाउने, टुप्पोबाट सुक्ने समस्या छ । टुप्पो सुक्दै बोट सुक्ने र अन्तमा दाउराका लागि प्रयोग गर्नुपर्ने बाध्यता छ । गतसालको तुलनामा यसवर्ष याम्खामा सुन्तला बढी बिक्री भएको याम्खाकी हस्त कुमारी कुवंरले बताइन् । लगभग सुन्तला खेतीमै निर्भर रहेर सुन्तला खेती गरिरहेका कुवंर परिवारले हालसम्म करीव पाँच लाख बढीको सुन्तला विक्री गरिसकेको छ । 

गतवर्ष २ लाख ६० हजारको सुन्तला बिक्री गरेको उनीहरुले यसवर्ष आफै खटेर ट्याक्टरबाट दिक्तेलमा लगेर बिक्री गर्ने र माग अनुसार काठमाण्डौ, धरानमा पठाएर विक्री गरिएको उनीहरुको भनाइ छ । गाडी लिएर आउनेलाई बोटमै सुन्तला विक्री गर्दा गएको वर्ष घाटामा गएको कुंवरले बताइन् । सुन्तला खोज्दै ग्राहकहरु बोटमा समेत आइपुग्ने गरेको छ । टाढा रहेका आफन्तलाई कोसेली पठाउनका लागि गाउँमा नै प्रतिगोटा ५ रुपैयाँका दरले मनग्गे सुन्तला विक्री हुने गरेको किसानहरु बताउँछन् । यस्तै, छोरम्बुमा पनि सुन्तलामा उस्तै समस्या देखिएको छ ।

मलखातको कम प्रयोग, पानी अभाव र जलवायु परिवर्तनका कारण बोट सुक्ने समस्या देखिन थालेको याम्खाकी जेटिए सरगम बुढाथोकीले बताइन् । जलवायु परिवर्तन र पानी अभावका  कारण लामिडाँडामा पनि सुन्तलाको बोट मरेको लामिडाँडाका जेटिए द्रोण रेग्मीले बताए । पूराना बुढा बोट फालेर नयाँ लगाउने गरेमा सुन्तलामा देखिएको समस्या हल भएर जाने उनको भनाई छ । पतझड वर्गको वनस्पति सुन्तलामा वर्षेनी बोट सुक्ने समस्या आउन थालेपछि सुन्तला खेती गर्दै आएका किसानहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई