2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा खरको छाना हटाउँदै छ नगरपालिका

माघ ४, लमजुङ | बेँसीशहर नगरपालिका–११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमा बित्यो। कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्नु भएका उहाँको सपना यसपालि पूरा भएको छ । 

बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएकाले पाण्डेले पनि जस्तापाता पाउनुभएको हो । उहाँलाई बिहीबार नौ फुटको १६ थान तथा छ फुटको १८ थानजस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि रु १० हजार प्रदान गरिएको बेंसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । 

उक्त नगरपालिका–३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र छ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै रु १० हजार पनि बुझ्नुभयो । पाण्डे र सार्कीसँगगै नगरपालिकाले वितरण गरेको जस्तापाता १२ जनाले लगिसकेको बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिनुभयो । 

विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्याङ्क सङ्कलन गरिसकेपछि त्यस्ता घरलाई जस्तापाताले छाउन पहल गरिएको नगरप्रमुख अर्यालले बताउनुभयो । 

नगरपालिकाभित्रका कुनै पनि ठाउँमा खरको छानो राख्दैनौँ भन्दै उहाँले विपन्न नागरिकको घर जस्तापाताले छाउनका लागि आर्थिक वर्ष २०७५-७६ मा रु २१ लाख बजेट विनियोजन गरिएको र आगामी आर्थिकवर्षसम्म नगरपालिकाभित्रका सबै खरको घरलाई टिनले छाउने लक्ष्य रहेको बताउनुभयो । 

नगरपालिकामा निवेदन आएअनुसार वडा नं १ मा १५, २ मा सात, ३ मा सात, ४ मा छ, ५ मा सात, ६ मा १८, ९ मा चार, १० मा ३२ र ११ मा २० खरले छाएको घर छ । वडा नं ७ र ८ मा भने यस्ता घर छैनन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता