2026-10-22 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भारतीय रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा

सुरेन कुँवर | माघ ६, रत्नगर | सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् । 

यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन् । ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो । 

भारत सरकारले सन् २०२० सम्म भिखना ठोरीदेखि नरकटियागञ्जसम्म वडी लाइन विस्तार गर्ने योजनासहित रेलको लिक निर्माण गर्ने कामलाई अगाडि बढाइरहेको छ । “भारतीय व्यापारी घरघरमै फलफूल किन्न आउँथे”, ठोरी–१ का कृषक चन्द्रबहादुर बोहोराले भन्नुभयो, “रेल चल्न छाडेपछि गाउँमै बाँडेर फलफूल सक्नुपर्ने अवस्था छ । हामी जस्ता कृषकलाई जीविका चलाउनै गाह्रो हुन थालेको छ ।” 

ठोरीमा उत्पादन हुने रुख कटहर, भूइँ कटहर, आँप, लिच्ची, केरा भारतीय बजारमा बढी माग हुने गरेको थियो । यहाँका मानिस कृषि उत्पादन बिक्री गर्न, उपचार गर्न, दैनिक उपभोग्य सामान खरीद गर्न तथा सदरमुकाम वीरगञ्जसम्म पुग्न पनि रेलको प्रयोग गर्दथे । 

रेलको ठाउँ भनेर चिनिने गरिएको ठोरीमा यहाँको सीमावर्तीबाट चल्ने सवारी रेल, मालबाहक रेल सञ्चालनमा छैनन् । रेल बन्द भएकै कारण यहाँका कृषकले फलफूलका बिरुवा रोप्न छाडेका छन् । 

उत्पादित वस्तुले बजार नपाएपछि फलफूल, अन्नबाली बिक्री गरेर घर व्यवहार चलाउने स्थानीयवासीको आर्थिक अवस्था बिग्रिएको छ । “भारतीय बजारको मात्रै भर पर्नुहुँदैन”, गाउँपालिका–१ का अध्यक्ष रामप्रकाश कुँवरले भन्नुभयो, “समस्याको समाधान गर्न चितवनको भरतपुर र पर्साको वीरगञ्जको बजारसम्म जोडिनुपर्छ । यसका लागि कच्ची सडकलाई पक्की बनाउनुपर्ने हुन्छ ।” 

ठूला अस्पतालको सेवा नरहेको यहाँका स्थानीयवासीले उपचार गर्न ठोरीदेखि वीरगञ्ज र भरतपुरका अस्पताल पुग्न ७० किलोमिटरको कच्ची बाटो प्रयोग गर्नुपर्छ । तीनतर्फ चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतीय खुल्ला नाका हुँदा सम्भावना प्रशस्त रहेको ठोरी पूर्वाधार विकासमा कमजोर छ । बजेट थोरै हुँदा विकासले गति लिनसकेको छैन । चालु आर्थिक वर्षमा रु ३१ करोड २७ लाख बराबरको बजेट अनुमान गरिए पनि ठूला पूर्वाधारमा बजेट अभाव छ । यहाँका दर्जन बढी खहरे खोलाले पुर्याउने क्षति अर्को समस्या हो । 

गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले खोलानाला व्यवस्थापनमै बजेट अपूग भएको बताउनुभयो । “बाढीले बर्सेनि जालीसहितको तटबन्ध नै बगाउने अवस्था छ”, उहाँले भन्नुभयो, “हरेक वर्ष पुनःनिर्माणको काम गर्नुपर्छ, थोरै बजेटले दिगो व्यवस्थापन गर्न चुनौती दिँदै आएको छ ।” उहाँले प्रत्येक खोलामा सरदर रु ७५ लाख खर्चिनुपरेको बताउनुभयो । 

“कल्भर्ट, ह्युमपाइप, सिँचाइ आयोजना दिगो हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “बनायो, बाढीले भत्काइहाल्छ, ठूलो लगानीमा तटबन्ध गर्न बजेट नै पुग्दैन ।” ठुटे, सरस्वती, ओडार, ओरिया, सिखारीबास लगायतका खोलाले बर्सेनि जमीन कटान गर्दै आइरहेका छन् । 

“थोरै बजेटले स्थानीयवासीका सबै माग पूरा गर्न कठिन छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि खासै चासो दिएको छैन, केन्द्र सरकारलाई नै घच्घच्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । पर्सामा रहेका अन्य स्थानीय तहको तुलनामा ठोरीमा १० गुणा बढी समस्या रहेपनि बजेटको आकार सानो रहेको उहाँको भनाइ छ । पछिल्लो जनगणना अनुसार यहाँ २० हजारको बसोबास छ । 

राष्ट्रिय गौरवको आयोजना रहेको चीन र भारत जोडने सबैभन्दा छोटो मार्ग ठोरी–केरुङ लोकमार्गको भारतीय नाका यही गाउँपालिकाको सीमावर्ती भिखना ठोरीमा पर्छ । यो मार्ग निर्माण भए ठोरी व्यापारिक केन्द्रका रूपमा विकसित हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ