२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भारतीय रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा

२०७५, ६ माघ आईतवार ०६:५६

सुरेन कुँवर | माघ ६, रत्नगर | सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् । 

यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन् । ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो । 

भारत सरकारले सन् २०२० सम्म भिखना ठोरीदेखि नरकटियागञ्जसम्म वडी लाइन विस्तार गर्ने योजनासहित रेलको लिक निर्माण गर्ने कामलाई अगाडि बढाइरहेको छ । “भारतीय व्यापारी घरघरमै फलफूल किन्न आउँथे”, ठोरी–१ का कृषक चन्द्रबहादुर बोहोराले भन्नुभयो, “रेल चल्न छाडेपछि गाउँमै बाँडेर फलफूल सक्नुपर्ने अवस्था छ । हामी जस्ता कृषकलाई जीविका चलाउनै गाह्रो हुन थालेको छ ।” 

ठोरीमा उत्पादन हुने रुख कटहर, भूइँ कटहर, आँप, लिच्ची, केरा भारतीय बजारमा बढी माग हुने गरेको थियो । यहाँका मानिस कृषि उत्पादन बिक्री गर्न, उपचार गर्न, दैनिक उपभोग्य सामान खरीद गर्न तथा सदरमुकाम वीरगञ्जसम्म पुग्न पनि रेलको प्रयोग गर्दथे । 

रेलको ठाउँ भनेर चिनिने गरिएको ठोरीमा यहाँको सीमावर्तीबाट चल्ने सवारी रेल, मालबाहक रेल सञ्चालनमा छैनन् । रेल बन्द भएकै कारण यहाँका कृषकले फलफूलका बिरुवा रोप्न छाडेका छन् । 

उत्पादित वस्तुले बजार नपाएपछि फलफूल, अन्नबाली बिक्री गरेर घर व्यवहार चलाउने स्थानीयवासीको आर्थिक अवस्था बिग्रिएको छ । “भारतीय बजारको मात्रै भर पर्नुहुँदैन”, गाउँपालिका–१ का अध्यक्ष रामप्रकाश कुँवरले भन्नुभयो, “समस्याको समाधान गर्न चितवनको भरतपुर र पर्साको वीरगञ्जको बजारसम्म जोडिनुपर्छ । यसका लागि कच्ची सडकलाई पक्की बनाउनुपर्ने हुन्छ ।” 

ठूला अस्पतालको सेवा नरहेको यहाँका स्थानीयवासीले उपचार गर्न ठोरीदेखि वीरगञ्ज र भरतपुरका अस्पताल पुग्न ७० किलोमिटरको कच्ची बाटो प्रयोग गर्नुपर्छ । तीनतर्फ चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतीय खुल्ला नाका हुँदा सम्भावना प्रशस्त रहेको ठोरी पूर्वाधार विकासमा कमजोर छ । बजेट थोरै हुँदा विकासले गति लिनसकेको छैन । चालु आर्थिक वर्षमा रु ३१ करोड २७ लाख बराबरको बजेट अनुमान गरिए पनि ठूला पूर्वाधारमा बजेट अभाव छ । यहाँका दर्जन बढी खहरे खोलाले पुर्याउने क्षति अर्को समस्या हो । 

गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले खोलानाला व्यवस्थापनमै बजेट अपूग भएको बताउनुभयो । “बाढीले बर्सेनि जालीसहितको तटबन्ध नै बगाउने अवस्था छ”, उहाँले भन्नुभयो, “हरेक वर्ष पुनःनिर्माणको काम गर्नुपर्छ, थोरै बजेटले दिगो व्यवस्थापन गर्न चुनौती दिँदै आएको छ ।” उहाँले प्रत्येक खोलामा सरदर रु ७५ लाख खर्चिनुपरेको बताउनुभयो । 

“कल्भर्ट, ह्युमपाइप, सिँचाइ आयोजना दिगो हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “बनायो, बाढीले भत्काइहाल्छ, ठूलो लगानीमा तटबन्ध गर्न बजेट नै पुग्दैन ।” ठुटे, सरस्वती, ओडार, ओरिया, सिखारीबास लगायतका खोलाले बर्सेनि जमीन कटान गर्दै आइरहेका छन् । 

“थोरै बजेटले स्थानीयवासीका सबै माग पूरा गर्न कठिन छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि खासै चासो दिएको छैन, केन्द्र सरकारलाई नै घच्घच्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । पर्सामा रहेका अन्य स्थानीय तहको तुलनामा ठोरीमा १० गुणा बढी समस्या रहेपनि बजेटको आकार सानो रहेको उहाँको भनाइ छ । पछिल्लो जनगणना अनुसार यहाँ २० हजारको बसोबास छ । 

राष्ट्रिय गौरवको आयोजना रहेको चीन र भारत जोडने सबैभन्दा छोटो मार्ग ठोरी–केरुङ लोकमार्गको भारतीय नाका यही गाउँपालिकाको सीमावर्ती भिखना ठोरीमा पर्छ । यो मार्ग निर्माण भए ठोरी व्यापारिक केन्द्रका रूपमा विकसित हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी