२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चरा संरक्षणमा सक्रिय व्यक्ति र संस्था पुरस्कृत

२०७५, ६ माघ आईतवार ०८:४२

माघ ६, काठमाण्डौ | नेपाल पन्छी संरक्षण सङ्घले आफ्नो ३६औँ वार्षिक साधारणसभाको अवसरमा आज चरा र जैविक विविधता संरक्षणमा सक्रिय दुई संस्थालाई पुरस्कृत गरेको छ । 

जाजरकोटको चन्द्रसूर्य युवा क्लब र काठमाडौँको शिवपुरीस्थित नेचरगाइड एशोसिएशनलाई उक्त सङ्घले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो । त्यस्तै लोपोन्मुख गिद्धको अनुसन्धानका लागि दुई विद्यार्थी शर्मिला सिग्देल र भरतप्रसाद चौलागाईं प्रमाणपत्रसहित जनही रु ३० हजारको जटायु छात्रवृति प्रदान गरिएको छ । 

चरा तथा वातावरण संरक्षणमा योगदान पुर्याउनुहुने क्रिएटिभ बर्ड वाचिङ क्लबका अध्यक्ष एस महर्जनलगायत वातावरण संरक्षण अभियन्ता चुङ्गबा शेर्पा, उमङ्गजङ्ग थापा र वसन्तराज मिश्रलाई पनि सङ्घको संरक्षक सदस्यको रुपमा सम्मानित गरिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक गोपालप्रकाश भट्टराई, सङ्घका अध्यक्ष राजेन्द्र गुरुङ, विभागका पूर्वमहानिर्देशक श्यामसुन्दर बजिमय, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङ, आइयुसिएन नेपालका राष्ट्रिय प्रतिनिधि प्रल्हाद थापालगायतले पक्षी संरक्षणका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । सो अवसरमा विगत १८ वर्षदेखि विभिन्न प्रजातिका चराको संरक्षणमा गरिएका कार्य र सहयोगसम्बन्धी विभिन्न प्रस्तुति गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित