स्वागत कार्यक्रम सम्पन्न

Posted on: 29 Sep, 2015

parbat news

असोज १२, पर्बत । लोकतान्त्रिक गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना जिल्लामा भर्खर मात्रै पर्वत जिल्लामा सरुवा भै आएका स्थानिय विकास अधिकार शिवप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने र जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललाई स्वागत गरेको छ ।

मंगलबार महासंघमा आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारीसँग परिचयात्मक कार्यक्रम तथा स्वागत कार्यक्रमको आयोजना गरी महासंघले भर्खरमात्रै जिल्लामा सरुवाभै आएका एलडीओ, सप्रजिअ र जिशिखको स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकार रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी लामिछाने, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले नागरिक, राजनीतिक दल तथा स्थानिय संघसस्थासँग समन्वय गरी सेवा प्रदान गर्ने बताएका छन् । स्थानिय स्वायत्त शासन, विधि अनुसान र नियमअनुसार आफुले कार्य गर्ने स्थानिय विकास अधिकारी रिजालले बताए ।

त्यसैगरी सप्रजिअ अधिकारीले सवैसँग सहकार्य गरी जिल्लाप्रसाशन कार्यालयबाट पाउने सेवासुविधा सवैलाई छिटो र सहजरुपमा प्रदान गर्नको लागि आफु तप्पर रहेको बताएका छन् । अधिकारीले छिटो र छोटो समयमा सेवा सुविधा प्रदान गरी नागरिकलाई सहज बातावरणमा सेवा दिने बताए । जिल्ला शिक्षा अधिकारी पौडेलले जिल्लाको शिक्षा क्षेत्रको विकासको लागि आफुले सक्दो पहल गर्ने बताएका छन् ।

जिल्लामा रहेका हरेक विद्यालमा भएका गतिविधिको अवलोकन गरी शिक्षा गुणस्तारमा आफुले लाग्ने जनाएका छन् । एलडिओ, सप्रजिअ, र जिशिअले आफ्नो गृह जिल्ला भएका कारण पनि जिल्लाको विकासका लागि आफुहरु लागि पर्नेमा विश्वस्त हुन आग्रह गरे । तीनै जनाले यो हाम्रो जन्मभूमि मात्र नभइ अहिले कार्य थलो भएका कारण आफूहरु जिल्लाको समग्र विकासको लागि हदैको प्रयास गर्ने बताएका छन् ।

जिल्लाको विकासको लागि सवैको सहयोगको आवश्यकता पर्ने भएका कारण सवैलाई साथ दिनको लागि पनि उनीहरुले आग्रह गरे । लोकतान्त्रिक गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत भवानीप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा विश्वप्रकाश प्रसाई, बसन्तबहादुर सिके, सरस्वती शर्मा जिज्ञासु लगाएतले आआफ्नो शुभकामना व्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!