२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने

२०७५, ६ माघ आईतवार ०९:३२

 कृष्ण आर्चार्य | माघ ६, भरतपुर | चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढी संरक्षण गरिने भएको छ । 

इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार गर्ने काम गर्दै छौँ ।” उक्त गाउँपालिका प्रमुख गीता गुरुङले भन्नुभयो । 

उहाँले चितवन र समग्र देशको इतिहाससँग जोडिएको यस गढीलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर पर्यटकीय गन्तब्य बनाउने बताउनुभयो । 

गाउँपालिकाले यसवर्ष उक्त गढी संरक्षणका लागि रु २५ लाख बजेट विनियोजन गरेको छ । “ उपरदाङगढीको विकासका लागि गाउँपालिकाको यो बजेटप्रर्याप्त छैन, गाउँपालिका प्रमुख गुरुङले भन्नुभयो, “ प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर भए पनि तत्काल काम थाल्छौँ । अहिले यहाँको डिपिआर गर्न लागिएको छ ।” 

पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीबारे पछिल्लो समय चर्चा र चासो हुन थालेकाले इच्छाकामना मन्दिर, सिँराइचुली, जलवीरे झरना र उपरदाङगढीलाई एकिकृत पर्यटकीय गन्तब्यको रुपमा अघि बढाइने उहाँले जानकारी दिनुभयो । 

पूर्वाधार अभाव र प्रचारप्रचारको कमीले यस ऐतिहासिक गढी घुम्न थोरै पर्यटक मात्र पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम भरतपुरबाट ५ घन्टा पैदल यात्रामा उपरदाङगढी पुगिन्छ । स्थानीयवासी गणेशबहादुर थापाले यस वर्ष पनि थुप्रै आन्तरिक पर्यटक यस गढीमा आएको बताउनुभयो । 

बाटो र बसोबासको राम्रो सुविधा नहुँदा अपेक्षाकृत पर्यटक आउन नसकेकोे उहाँको भनाइ थियो । इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका काम शुरु गरेको छ । 

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ ‘गोपी’ले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माणको काम भैइरहेको बताउनुभयो । चितवनका डाँडाकाडामा पर्यटन प्रवर्धनको राम्रो सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको उहाँको भनाइ थियो । 

“पहाडी क्षेत्रमा लगानी भित्र्याउन पहल भैरहेको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो । भविष्यमा यो क्षेत्र चितवनकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्ने निश्चित छ । समुद्री सतहबाट एक हजार २७५ मिटर उचाइमा रहेको उपरदाङगढीसम्म जाने सडकसमेत निर्माण गरिएको छ । शक्तिखोर–उपरदाङगढी–फिस्लिङसम्मको पक्की सडक शिलान्याश भैइसकेको छ । 

इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो । सन् १९६० को शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो । तल्कालीन बाइसे चौविसे राज्य एकीकरणका का साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौज विरुद्ध युद्धका बेला सन् १८०० को शुरुतीर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । भित्र हतियार घर, कुवा र दुईकोठे घर छन् । 

यहाँबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन् । यो रमणीय स्थानमा चेपाङ, मगर र गुरुङको पातलो बस्तीले घेरिएको छ । यी जातजातिको आफ्नै मौलिक परम्परा, संस्कृति र रितिरिवाज छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण