2026-06-27 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

‘क्यू ग्रेडिङ’ तालिममा तीन दिनको शुल्क झन्डै रु तीन लाख

2019-01-20

 माघ ६, काठमाण्डौ | ललितपुरमा पहिलोपटक ‘क्यू ग्रेडिङ’ तालीम हुन लागेको छ । तालीमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुनुुहुन्छ । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालीम कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको हो । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीका अध्यक्ष डा राजकुमार बञ्जाराले तालीममा सहभागी प्रशिक्षार्थीले जनही तीन दिनको रु दुई लाख ८७ हजार ५०० भुक्तानी गर्नुपर्ने जानकारी दिनुभयो ।  

नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो । अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट र स्पेशल्टी कफी एशोसिएशनसँगको सहकार्यमा नेशनल कफी एकेडेमीले सो तालीमको आयोजना गरेको हो । 

नेपालमा अराविका जातको कफी खेती हुँदै आएको छ । चिया तथा कफी विकास बोर्डले वार्षिक ८०० मेट्रिक टन कफीको माग भए पनि यहाँ मात्र ५१३ मेट्रिक टन कफी उत्पादन हुने जानकारी दिएको छ । 

नेपालको ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गरेका छन् आर्थिक वर्ष २०७४-७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो भने सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार आयात गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी