2026-08-25 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

गाउँपालिकाको सहयोगमा सन्चो भइन् रमिला, शुक्रबार डिस्चार्ज हुंदै

चिसाङ शेर्पा | माघ ६, खोटाङ | रमिला तामाङका श्रीमानलाई फोनमा सोधियो, ‘उहाँको अवस्था कस्तो छ ।’ शुक्रबार डिस्चार्ज हुंदैछौ । उनको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ । चिकित्सकले डिस्चार्ज गर्नलाई सुझाव दियो । उनले सबैलाई चिन्छिन् अनि मजाले बोल्छिन् । मानसिक अस्पताल लगनखेलको बेड नम्बर ३७ मा रमिलालाई कुरीरहेको अवस्थामा श्रीमती सन्चो (स्वस्थ्य) भएको खबर रमिलाका श्रीमान मनिकुमार तामाङले सुनाए ।

मानसिक सन्तुलन गुमाएपछि गाउँमा जथाभावी गरेर आफ्नो जीबन नै जोखिममा पर्ने भएपछि आफन्त र गाउँले मिलेर खोरमा थुनेका रमिलालाई गएको पुस ३ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई लगायतले उद्धारगरी काठमाण्डौ उपचारमा पठाएको थियो । महिना दिनमा श्रीमती सन्चो (स्वस्थ्य) हुंदा उनका श्रीमान खुशी मात्रै भएनन् । केहीबेर गला अबरुद्ध बनाए । अनि, श्रीमतीलाई नयाँ जीबन दिनेलाई भगवानको उपमा दिए । ‘मैले त सोचेकै थिइन् मेरी श्रीमतीले नयाँ जीबन पनि पाउँछन् भनेर, छोराछोरीले आमाको स्याहारसुसार पाउछन् भनेर । तर, अब उनी नयाँ जीबन लिएर आफ्नो छोराछोरी र छिमेकमा आउँदैछिन् । त्यही मेलापात, त्यही ठाउँ अनि, नयाँ जीबनको सुरुवात गर्दैछिन् ।’

गएको पुस ३ गते उद्धार गर्दा दश हजार आर्थिक सहयोग गरी काठमाण्डौ उपचारमा पठाएका रमिलालाई शनिबार गाउँपालिका अध्यक्ष भुपेन्द्र राई स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे । त्यहाँ पुग्दा बेडमा सुतीरहेकी रमिलाले हत्तपत्त उठेर ‘नमस्कार सर’ भनेर सम्बोधन गरीन् । तपाइलाई कस्तो छ ? गाउँपालिका अध्यक्ष राईले प्रश्न गरे । ‘ठिक भएको छु सर ! घरमै गएर नियमित औषधि सेवन गर्नेगरी घर जान डाक्टरले सुझाव दिनुभएको छ ।’ रमिलाको सुरुदेखी अन्तिमसम्मकै सम्पुर्ण उपचार खर्च गाउँपालिकाले जुटाइदिएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाकी ३३ वर्षीया रमिला सामान्य अवस्थामा आएपछि शुक्रबार डिस्चार्ज हुने भएकी हुन् । त्यसपछि उनी घर फर्कनेछिन् । सन्चो भएर । बर्षौदेखी मानसिक रोगले थल्लिएर नयाँ जीबन पाएकी रमिलाले अस्पतालको बेडबाटै गाउँपालिका प्रति खुशी ब्यक्त गरिन् । एक छोरा र एक छोरीलाई सम्झिन् । छोराछोरीको अवस्था के भइ सक्यो कहिले घर जाउ भएकी छु, कहिले उनीहरुको मुख हेर्नु । रमिलाले बेदना पोखिन् । मानसिक रोगी भएको गाउँपालिकाले अगाडी नै पत्ता लगाएर हेलिकोप्टरमार्फत काठमाण्डौ पठाइदिने भने पनि त्यो बेला श्रीमानले धरान उपचारमा लगेका थिए । त्यहाँ सामान्य मात्रै उपचार गराएर ल्याएपछि रमिलामा समस्या आएको थियो । जून सम्झना लायक थिएनन् । छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन