२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विश्व जेष्ठ नागरिक दिवस मनाइयो

१४ आश्विन २०७२, बिहीबार ०८:४८

असोज १४, पर्वत / विश्व जेष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जेष्ठ नागरिकले समाजलाई दिएको योगदानको कदर गर्न र उनीहरुलाई सम्मानित जीवन दिनका लागि राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि विश्वभर अक्टुबर एकका दिन जेष्ठ नागरिक दिवस मनाउन लागिएको हो । यसवर्षको नारा शहरी परिवेशमा जेष्ठ नागरिकको समावेशिता र दिगोपन भन्ने तय गरिएको छ । गास, बास, कपास र स्वास्थ्य सुविधामा धेरैको पहुँच नहुँदा ज्येष्ठ नागरिक कष्टकर जीवन भोग्न बाध्य छन् ।

jestha

जेष्ठ नागरिकले आधारभूत सुविधा पाउनुपर्ने साथै जीविकोपार्जनका लागि पुग्ने गरी वृद्धाभत्ता बढाउनुपर्ने र गाडीमा आरक्षणको व्यवस्था माग गरेपनि यसको प्रभावकारी सुनुवाई हुन सकेको छैन । विश्व जेष्ठ नागरिक दिवसको अबसरमा पर्वतको मोदीवेण्ीमा रहेका २० जना बृद्धबृद्धाहरुलाई सम्मान गरि दिवस मनाइएको छ । मोदीवेणीमा रहेका बृद्धाहरुलाई सम्मान तथा फलफुल वितरण गरि जेष्ठ नागरिक दिवस मनाइएको हो ।

धार्मिक ,वातावरणिय,सामाजिक लगायतका बिभिन्न काम गर्दै आईरहेको एकता युवाक्लवले पर्वतको प्राचिन मोदिबेणि दिव्यधाम मा आज बिहान त्यहाँ रहेका बृद्द बृद्दाहरूलाई दोसल्ला ओढाई सम्मान गरि फलफूल, हर्लिस लगायतका सामाग्रि बितरण गरि जेष्ठ नागरीक दिवस मनाएको हो । स्थानिय बिकास आधिकारी शिब प्रसाद रिजालको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्ःदै रिजालले युवाहरुले जेष्ठनागरिकलाई सम्मान गरेकोमा ख्ुसि व्यक्त गरेका थिए । युवाहरुको कार्यमा जिबसको सहयोग रहने समेत उनले बताए ।

पछिल्लो समयमा आफ्ना बाबुआमालाई बुढेसकालमा स्याहारसुसार गर्नुको सट्टा बृद्धा आश्रममा लगेर छाडिने दिने गरेको पाइएता पनि पछिल्लो समयमा जिल्लाका युवाहरुले बद्धाहरुलाई गरेको सम्मान तथा सहयोग गरेको प्रति प्रशंसा गरे । क्लवका अध्यक्ष अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति रूद्रबहादुर रिमाल, क्लवका संस्थापक सल्लाहकार कमलनाथ पोख्रेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक अम्रित पोख्रेलले सहजिकरण गरेको कार्यक्रमको सन्चालन सचिव गोकुल चापागाईले गरेका थिए ।कार्यक्रममा रोट्याक्ट क्लव अफ पर्वत ,मिलन क्लवकाको समेत सहभागीता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा