२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’ योजना

७ माघ २०७५, सोमबार ०७:५६

माघ ७, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ । 

निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी दलगण मझगाउँ ब्यारेकले जैविक विविधता र वन्यजन्तुको सुरक्षाका लागि सो योजना लागू गरेको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिनुभयो । 

‘‘यो योजना लागू भएकाले महीना दिनजति भयो ।’’ गणपति प्रमुख सेनानी बस्न्यातले भन्नुभयो, “संवेदनशीलता र आवश्यकतानुसार निरन्तरता दिँदै जान्छौं ।” यो योजनाअन्तर्गत निकुञ्जभित्र रहेका संवेदनशील क्षेत्रको नियमित रेखदेख गर्ने, चोरीशिकार हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी एम्बुस थाप्ने, दुर्लभ वन्यजन्तु रहेको इलाकामा क्यामेरा जडान गरी निगरानी बढाउनेलगायत रहेको गणले जनाएको छ । 

सुरक्षा योजनाको पाचौं संरकरण महाहण्टमा पाटेबाघ, एकसिङ्गे गैडा, मृगलगायत सबै वन्यजन्तु तथा पशुपक्षीको सुरक्षामा बढी ध्यान दिइएको छ । ‘‘३५५ वर्ग किलोमिटर फैलिएको शुक्लाफाँटाको चौतर्फी सुरक्षाका लागि सेना रातदिन खटिएको छ।’’ उहाँले भन्नुभयो–“शुक्लाफाँटाको संरक्षण र वन्यजन्तुको सुरक्षामा स्थानीयवासी पनि गम्भीर भएर लाग्नुपर्छ ।” 

निकुञ्जको सुरक्षामा खटिएको गणले सुरक्षाका लागि स्थापना गरेका १८ वटै सैनिक पोष्ट र निकुञ्जतर्फका वन कर्मचारीसितको समन्वयमा सो योजना अघि बढाइएको र यसबाट दाउरा र काठ तस्करी नियन्त्रण भइरहेको सेनाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो