2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा पशुबधशाला प्रयोगविहीन

माघ ७, गाईघाट | उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । 

त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बताउनुहुन्छ । बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो । 

“बधशाला भवन जीर्ण बन्दै गएको छ,” स्थानीयवासी नरेन्द्र खड्काले भन्नुभयो । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी बधशाला नदी किनारमा निर्माण गरिएकाले मासु व्यापारी र उपभोक्ताले प्रयोग गर्न असहज मानेको बताउनुहुन्छ । “अब गाईघाट बरुवा क्षेत्रमा ठूलो पशुबधशाला निर्माण गर्ने योजना छ,” उहाँले भन्नुभयो । 

घरबास सञ्चालनमा समस्या 

आन्तरिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि रौतामाई र उदयपुरगढी क्षेत्रमा स्थापना गरिएका घरबास (होमस्टे) ती क्षेत्रमा सडक तथा बिजुली नहुँदा सञ्चालनमा समस्या भएको छ । 

घरबास सञ्चालक केशरबहादुर रोका क्षेत्री भौतिक पूर्वाधार अभावका कारण घरबास बन्द हुने अवस्था पुगेको बताउनुहुन्छ । यस्तै रौतामाई गाउँपालिकाको रौता क्षेत्रमा पर्यटकलाई लक्ष्य गरी स्थापना गरिएका घरबास सडकको उचित व्यवस्थापन नहुँदा तथा बिजुली र खानेपानी अभावमा सञ्चालन हुन सकेको छैन । 

घरबास सञ्चालक जुद्धबहादुर मगरका अनुसार अहिले रौताक्षेत्रमा घरबासमा गरिएको लगानी खेर गएको छ । रौता गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का भन्नुहुन्छ, “रौताक्षेत्रमा पर्यटन विकासका लागि बृहत् गुरुयोजनाका साथ अभियान थालिएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई