२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विपद पछिको शैक्षिक उत्तरदायित्व विषयक अभिमुखीकरण सम्पन्न

२० आश्विन २०७२, बुधबार ०९:१०

असोज २०, पर्वत । विपद पछिको शैक्षिक उत्तरदायित्व विषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम मंगलवार कुश्मामा सम्पन्न भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) सँगको सहकार्यमा जिल्ला सञ्जाल पर्वतको आयोजनामा हालैको भूकम्पले शिक्षा क्षेत्रमा पारेको प्रभाव र अवको दायित्व विषयमा आधारित भएर छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको हो ।

कार्यक्रमका सहभागीहरुले भुकम्प, बाढीपैरो, हावाहुरीजस्ता प्राकृतिक र युद्ध, आगजनी, महामारीजस्ता मानवसिर्जित प्रकोपबाट बच्नका लागि पूर्व तयारी गर्नुपर्ने र क्षती न्यूनीकरणमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । जिल्ला सञ्जालका सदस्य, शिक्षक तथा अन्य सरोकारवालाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण जिल्ला सञ्जाल पर्वतका संयोजक तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च पर्वतका अध्यक्ष सरिता भण्डारी ‘सरु’ले शिक्षा क्षेत्र आम मानिसहरुको सरोकारको क्षेत्र भएकाले विभिन्न खालका प्रकोप तथा विपदको जोखिमबाट शैक्षिक संस्था, विद्यार्थी, शिक्षक एवम् कर्मचारीलाई जोगाउन सबै क्षेत्रले चनाखो भएर भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो । खरेहा प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायण गिरीले यस प्रकृतिका चेतनामूलक कार्यक्रमहरु सबै शैक्षिक सरोकारवालाहरुका बीचमा पु¥याउन सके विपत्तिबाट जोगिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विद्यालय मात्र सुरक्षित भएर हुँदैन बरु घरपरिवार र समुदायस्तरमा पनि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा निवृत्त शिक्षक समाजका एकनारायण चालिसे, राष्ट्रिय दलित विकास संस्थाका रामचन्द्र नेपाली, सीड नेपालका घनश्याम बसेल, खरेहा प्राविका शिक्षक रामु गिरी, चुडामणी शर्मा, भोजकुमारी शर्मा, नारायण उपाध्यायलगायतले आ–आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

भुकम्प, बाढीपैरो, हावाहुरी, महामारीजस्ता प्रकोपहरुबाट सुरक्षित हुनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक भएको र पछिल्लो समयमा भुकम्पले शिक्षा क्षेत्रमा पु¥याएको क्षती र अबका दिनमा अपनाउनुपर्ने होशियारीका बारेमा सरोकारवालाहरुका बीचमा जानकारी प्रदान गर्दै अन्तरक्रिया गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जिल्ला संयोजक राजेन्द्र पहाडीले बताउनुभयो । कार्यक्रममा प्रकोप न्यूनीकरण, व्यवस्थापन र रोकथामका लागि अन्य देशहरुले अवलम्वन गरेका उपाय तथा नेपालले चालेका कदमहरुका बारेमा श्रब्यदृश्य सामग्रीहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला