१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफलता चुम्दै रेग्मी

२० आश्विन २०७२, बुधबार १०:४७

असोज २०, पर्वत ।
पानी केले परेको बादलुले हो,
लेकाली साइलो म बेसीतिर झरेको रोदीमा घन्केको मादलु हो
निकै चर्चित यो लोकभाकामा शब्द रचना तथा आवाज दिएर चर्चा कमाएका कुश्मा नगरपालिका ३ का प्रकाश रेग्मी यतिबेला लोकसंगितको क्षेत्रमा सफलतालाई चुम्दै अगाडी बढिरहेका छन् । लोकभाकामा शब्द संकलन गरिसेकका रेग्मी पछिल्लो चरणमा लोक संगितलाईनै आफ्नो कर्मथलो बनाउने प्रयासमा लागि रहेका छन् ।

regmi

उसो त धेरैलाई लोक संगितको क्षेत्रमा लाग्नको लागि सवै चिजले साथ दिदैन, कसैलाई स्वर तथा कसैलाई शब्द संकलन, संगितका विषयमा ज्ञानपनि हुदैन तर पनि संगित क्षेत्रमा पस्न चाहान्छ र पस्छन् पनि तर धेरै समय लोक संगित क्षेत्रमा टिक्न सक्दैनन् अन्ततः उनीहरु लोक संगितको क्षेत्रबाट हात धोएर बसेका पछिल्लो लोक संगितको बजारमा प्रकाश रेग्मी यस्तो एउटा हस्तीको रुपमा उभिएका छन् जसलाई शब्द संकलन, संगित तथा स्वरले पनि साथले पनि साथ दिएको छ ।

आरआर अडियो म्यूजिक कम्पनीबाट “पानी केले परेको बादलुले हो” नामक एल्बम निकालेर सफलताको शिखरमा पुगेका रेग्मी दशै लगत्तै पञ्चेबाजको भाकामा अर्को एल्बम निकालेर फेरि चर्चामा आउने प्रयासमा जुटिरहेका छन् । धौलागिरीको सेरोफेरोमा रहेर “ सोधी हाल्यौ ठेगना मेरो घरको ” नामक एल्बम निकाल्ने तयारीमा रहेको उनले बताए ।
“छैन मेरो आरसीसी घर सानु
भूकम्पको कत्तीनी डर सानु्
सोधी हाल्यौ ठेगना मेरो घरको
पहाडको पर्वतमा सानो मेरो घर , पाली टिनैको छानो खरको ” उनले स्वर दिदै भने दशै लगत्तै मेरो र याम क्षेत्री र देवी घत्र्तीको स्वरमा बजारमा आउन लागेको छ, मलाई आश छ जसरी “पानी केले परेको बादलुले हो” स्रोताले माया गरे त्यसरीनै यस गीतलाई पनि माया गमर्ने छन् । लोक संगितको क्षेत्रमा आफुलाई सानैदेखि सांगेथितक क्षेत्रमा लाग्न मन लागेको र विद्यालयमा पढ्ने बेलामा पनि गित गाउने गरेको र विजेता पनि हुने गरेको बताउँदै स्रोताको साथ र माया पाए आफुले सांगितिक क्षेत्रलाई कर्म थलो बनाउ चाहेको रेग्मीले बताए ।

पञ्चेबाजा भाका शैलीमा दशै लगत्तै आउन लागेको आफ्ना एल्बममा धौलागिरीका पर्यटकी तथा धार्मिक स्थलको बारेमा जानकारी दिन खोजिएको र यसमा मु्ख्य गरी अञ्चको पर्यटकीय क्षेत्रलाई उजागर गर्नको लागि आफुले संगितमा मार्फत सन्देश दिन खोजेको उनले बताए । पर्वत जिल्लामा रहेका गुप्तेश्वर, अल्पेश्वर, नेपालकै अग्ला दुइ झोलुङ्गे पुल, बाग्लु्ङको भैरव थान लगाएतका ओझेलमा परेका पर्यटकीय क्षेत्रको सांगेतिक क्षेत्रबाट विश्वमा चिनाउन खोजेको उनको तर्क छ । “सोधी हाल्यौ ठेगना मेरो घरको” गित बजारमा आउन साथ मंसिर महिना भित्र तीन वटा एल्बम समेत निकाल्ने तयारीमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी