२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

म्याग्दीको विकट र दुर्गम क्षेत्र मालिकाको सबै वडामा हेलिप्याड निर्माण

८ माघ २०७५, मंगलवार ०६:३७

माघ ८, माग्दी | भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ । 

गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहयोगमा सातै वडामा हेलिप्याड बनाएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । निस्कोट, रुम, देवीस्थान र बिमको डाँडागाउँमा स्वास्थ्यचौकीको भवन नजिकै हेलिप्याड बनाइएको छ । 

यसैगरी डाँडागाउँमा वडा कार्यालय परिसर, ओखरबोटको ओखरबोट मावि परिसर र दरवाङको छ्यारछ्यारेमा हेलिप्याड निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलको गलेश्वर बेसक्याम्प, नेपाल प्रहरी, जनप्रतिनिधि, युवा क्लब र आमा समूहका प्रतिनिधिले ढलान गरेर ‘एच’ आकारसहितको हेलिप्याड बनाएका हुन् । हेलिप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले पनि प्राविधिक सहयोग गरेको छ । 

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

ट्र्याक खुलेको दशकपछि स्तरोन्नति 

ट्र्याक खुलेको एक दशकपछि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको स्तरोन्नति शुरु भएको छ । विसं २०६५ मा तत्कालीन स्थानीय निकाय र समुदायले ट्र्याक खोलेको जिल्लाकै जोखिमयुक्त र कठिन मानिने पोखरेबगरदेखि घार, शिख, फलाते हँुदै चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नतिको काम शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थाका सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल, ह्युमपाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्र गर्ने काम अघि बढाएको आयोजना प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो । 

गत मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको मोतीदान–जयमाता जेभीले प्रारम्भिक चरणमा सडक चक्लाउने र पर्खाल लगाउने काममा मजदुर र एक्साभेटर परिचालन गरेको छ । विसं २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । समयमै गुणस्तरीय हिसाबले योजना सम्पन्न गराउन अनुगमन, सहजीकरण र समन्वय गरिएको छ । 

सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, स्थानीयवासीलाई आवतजावत र ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने खिवाङका मनबहादुर गर्बुजाले बताउनुभयो । सडकबाट घार, शिख, चित्रे, फलाते, घोडेपानी, खिवाङ, स्वता, किन्दु, पाउद्धारका बासिन्दाले सुविधा पाउनेछन् । 

सरकारले हालै घोषणा गरेको नेपालका १०० पर्यटकीयस्थलमा समावेश घोडेपानी र पुनहिल सूर्योदय, हिमशृङ्खला, वनजङ्गल, वन्यजन्तु र गुराँसे जङ्गलको अवलोकनका लागि प्रसिद्ध छ । शिखका बेगप्रसाद पुनले ट्र्याक खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेकामा स्थानीयवासीमा खुसीयाली छाएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता