2026-08-25 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा फरार सात अभियुक्त पक्राउ

माघ ८, पशुपतिनगर | इलाका प्रहरी कार्यालय पशुपतिनगरले कैद फैसला भएका सात फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । 

जिल्ला अदालत इलाममा पेश गरिएको जरिवाना र कैद असुल गर्न बाँकी रहेको १६ लाख ३६ हजार ५२५ रुपैयाँ जरिवाना र एक वर्ष २० दिन कैद भएका सात फरार अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा रु १५ लाख १६ हजार ६८८ जरिवाना र एक वर्ष बन मुद्दामा कैद सजाय तोकिएका रोङ गाँउपालिका–५ इरौटारका ५१ वर्षीय नेत्रबहादुर मगर, चोरी मुद्दामा २० दिन कैद र रु ३७ हजार ८३७ जरिवाना तोकिएका सप्तरी खडक नगरपालिका–१ स्थायी घर भई सूर्योदय नगरपालिका–१० बस्ने ३१ वर्षीय वीरेन मल्लिक छन् । 

हातहतियार मुद्दामा रु ८० हजार जरिवाना तोकिएका सूर्योदय नगरपालिका–७ का २६ वर्षीय सन्तोष पौडेल, गाली बेइजती मुद्दामा फरार माइजोगमाई–४ का महेश्वर आचार्य, कृष्णप्रसाद भट्टराई, भीष्म भट्टराई र मिलन भट्टराईलाई जनही रु ५०० कैद तोकिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन