२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यूएन्टोले गर्यो जिशिअलाई स्वागत

२४ आश्विन २०७२, आईतवार ०८:०२

असोज २४, पर्वत / एकिकृत अखिल नेपाल शिक्षक संघ(यूएन्टो)ले भर्खरै मात्र जिल्लामा सरुवा भै आएका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललाई एक कार्यक्रमका विच स्वागत गरेको छ । कार्यक्रममा बोल्दै जिशिअ पौडेलले जिल्लाको शिक्षा क्षेत्रलाई अगाडी बढाउनको लागि आफुले सक्दो पहल गर्ने बताएका छन् । आफ्नो जन्म थलो र कर्म थलो दुबै भएका कारण आफुलाई जिम्मेवारी बढेको समेत उनले बताए ।

जिल्लामा रहेका विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग र सहकार्यमा आफुले जिल्लाको शिक्षा पद्धतिमा भएका कमि कमजोरीको पहिचान गरी सोही अनुरुप कार्य गर्ने बताए । यूएन्टोका अध्यक्ष आनन्दराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लाको शैक्षिक पद्धतिमा राजनीतिकरण हुन नदिनको लागि आग्रह गरेका थिए । शिक्षक सरुवा देखि लिएर नियुक्तिसम्म राजनीतिकरण हुने गरेको भन्दै बक्ताहरुले शिक्षा क्षेत्रमा राजनीतिकरण हुदाँ बालबालिकाको भविश्यमानै अन्योलमा पर्ने भन्दै राजनीतिकरण हुन नदिनको लागि समेत आग्रह गरेका हुन् ।

शिक्षकले आफुलाई सजह हुने भन्दै नजिक र आफुले रोजेको विद्यालयमा जान खोज्ने गरेका कारण पनि सरुवामा समेत राजनीतिकरण हुने गरेको उनीहरुको तर्क थियो । कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनका शंकर गिरी, यूएन्टोका केन्द्रिय सदस्य घनश्याम लामिछाने, उपाध्यक्ष पूर्णचन्द्र काफ्ले, उद्योग बाणिज्य संघ पर्वतका सदस्य तिला गिरी लगाएतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन संगठनका सचिव इन्द्रप्रसाद तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने