2026-10-22 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विपदमा परेका ६ सयको जीवितै उद्धार

माघ ८, भरतपुर । चितवनको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारले विपद्मा परेका ६०७ को जीवितै उद्धार गरेको छ । 

सरकारले २०६८ साल मङ्सिर २२ गते सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि २०७५ जेठ २७ गतेको गृहमन्त्रायको निर्णयबाट विपद् व्यवस्थापन तालीम केन्द्रलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय बनाइएको थियो । शिक्षालयले विभिन्न विप्दका घटनामा उद्धारको काम गरिएको शिक्षालय कुरिनटारका समादेशक किशोर प्रधानले बताउनुभयो । 

यो अवधिमा देशका विभिन्न स्थानमा भएका १५३ जटिल घटनाबाट जीवितै उद्धार गरिएको प्रधानले जानकारी दिनुभयो । सन् २०११ देखि २०१८ सम्मको अवधिमा विभिन्न विपद्का घटनाबाट २३७ को शव निकालिएको थियो । सन् २०१३ मा १२३ को उद्धार गरिएको थियो भने सन् २०१४ मा ७१ को शव निकालिएको शिक्षालयले जनाएको छ । 

जटिल विपद्का घटनाबाहेक पनि दैनिकजसो हुने घटना दुर्घटनामा पनि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम प्राप्त टोलीले उद्धारको काम गर्ने गरेको समादेशक प्रधानले बताउनुभयो । सशस्त्र प्रहरीले विपद्मा परेकालाई सन् २०११ मा १४, २०१२ मा ८७, २०१३ मा १२३, २०१४ मा ९५, २०१५ मा ४४, २०१६ मा १०९, २०१७ मा ७३ र सन् २०१८ मा ६२ लाई जीवितै उद्धार गरेको थियो । 

“हरेक प्रदेश राजधानीमा विपद् व्यवस्थापनको तालीम प्राप्त सशस्त्र प्रहरी परिचालन भएका छन्, उहाँले भन्नुभयो, “सामान्य विपद्मा उनीहरु परिचालन हुने गरेका छन् भने जटिल प्रकारको विपद्मा उद्धारका लागि कुरिनटारबाट टोली परिचालन हुने गरेको छ ।” 

विपद् व्यवस्थापन तालीम शिक्षालयमा बङ्गलादेशबाट तालीम प्राप्त गरेका २५ गोताखोर छन् । त्रिशूलीलगायतका नदीमा डुबेका मानिसलाई जीवितै उद्धार र शव निकाल्न गोताखोर परिचालन गर्ने गरिएको छ । त्यसबाहेक विपद्का बेला घर भत्किएर च्यापिएको मानिसलाई उद्धार गर्नसक्ने प्रविधि र तालीम प्राप्त कुकुर पनि शिक्षालयमा छन् । 

पृथ्वी राजमार्गको सर्वे तथा निर्माण गर्ने क्रममा तत्कालीन ब्रिटिश आयोजनाले निर्माण गरेको भवनमा २०५८ साल मङ्सिर १८ गतेदेखि सशस्त्र प्रहरी बल बेस क्याम्प कुरिनटार स्थापना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ