२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जननेत्र उमाविमा विद्यालय पुननिर्माण र छात्रबृत्तिका लागि सहयोग प्रदान

२०७२, २६ आश्विन मंगलवार ०५:५३

असोज २६, पर्वत / जिल्लाको देउपुर गाविसमा रहेको जननेत्र उच्चमाविको पुननिर्माणका लागि अभिभावकहरुबाट सहयोग प्रदान गर्ने क्रम निरन्तर चलिरहेको छ । भौतिक निर्माणका साथै विद्यार्थीहरुलाई छात्रबृत्तिका लागि यहाँका अभिभावकहरुले नगद रकम सहयोग गरेका छन् ।

11

विद्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच हाल अमेरिकामा रहेका विद्यालयका भुतपूर्व विद्यार्थी राजेन्द्र प्रसाद शर्मा चापागाईका पिता एवं देउपुर गाविस वडा नं ५ निवासी समाजसेवी प्रकाशचन्द्र चापागाईले नगद पचास हजार एक सय रुपैयाँ प्रदान गरेका हुन् । गत बैशाखमा गएको महाभुकम्पले क्षतिग्रस्त भएको विद्यालयको पुन निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले आफूले सो रकम प्रदान गरेको चापागाईले बताउनु भयो ।

12
यसैगरी उक्त कार्यक्रममा देउपुर गाविस वडा नं ६ निवासी शालिकराम चापागाई र मेक कुमारी चापागाईले विद्यालयमा अध्ययन गर्ने जेहेन्दार, दलित र गरीब परिवारका छात्रछात्राहरुलाई हरेक वर्ष छात्रबृत्ति प्रदान गर्नका लागि पचास हजार रुपैयाँको नर शालिक मेक छात्रवृत्ति अक्षयकोष स्थापना गर्नु भएको छ । उक्त रकमको व्याजबाट प्रत्येक बर्ष कक्षा १ देखि ९ सम्मका बिद्यार्थीहरुबाट चार जना छनौट गरी छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । साथै उक्त चापागाई परिवारले विद्यालयको पुननिर्माणका लागि १० हजार नगद रकम समेत प्रदान गरेको छ ।

13
सहयोग रकम हस्तान्तरण पछि सहयोग दाताहरुलाई विद्यालयले अबिर माला र दोसल्लाका साथ सम्मान पत्र प्रदान गरेको थियो । उक्त कार्यक्रममा राम्जा देउराली गाविस वडा नं १ घर भई हाल देउपुर पातिचौर निवासी समाजसेवी तुलसी प्रसाद शर्मा, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक रुद्र प्रसाद तिमिल्सिना , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङ र विद्यालयका प्राचार्य दिपक शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।

14

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण