संजीवनी बचत तथा ऋण सहकारीको सातौ साधारण सभा सम्पन्न

Posted on: 13 Oct, 2015
भूमीराज शर्मा, असोज २६, पर्वत/ जिल्लाको देउपुर गाविस वडा नं ९ पातिचौरमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाा लिमिटेडको सातौ साधारण सभा मंगलबार सम्पन्न भएको छ । सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछानेले सहकारीहरुले निम्न वर्गका मानिसहरुको आयआर्जनमा महत्वपूर्ण भूमिका खेलिरहेको विचार व्यक्त गर्नुभएको छ । उहाँले सहकारीहरुले आफ्नो समाजप्रतिको उत्तरदायित्वलाई सदैब स्मरण गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयोे । sahakari देशभित्रै रहेका उपलब्ध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै नागरिकहरुलाई स्वाबलम्बी बनाउने दिशामा सहकारीका कार्यक्रमहरु लक्षित हुनु पर्ने उहाँको भनाइ थियो । अध्यक्ष लामिछानेले संजीवनी सहकारीले आर्थिक क्षेत्रको साथै सामाजिक क्षेत्रको विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नु भएको थियो । उक्त साधारण सभामा सहकारीले देउपुर गाविसका जेष्ठ बृद्ध बृद्धाहरुलाई दोसल्ला, नगद र सम्मानपत्रले सम्मान गरेको थियो भने एकल महिलाका बालबालिकाहरुलाई स्टेशनरी सामानहरु प्रदान गरेको थियो । सो कार्यक्रममा संस्थाका अध्यक्ष सागर जिसीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । उक्त प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । कार्यक्रममा संस्थाका कर्मचारी शान्ति कुमारी शर्मा, गत आबमा उत्कृष्ट निक्षेपकर्ताहरु , र असल ऋणिहरुलाई सम्मान गरिएको थियो । सोे अवसरमा संस्थाका पूर्व अध्यक्ष प्रेम पौडेल, पातिचौर र डिमुवा क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीका अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई स्वागत टिकाराम पौडेलले र संचालन संस्थाका सचिव बाबुराम तिमिल्सिनाले गर्नु भएको थियो । सहकारीको कुल शेयर पुँजी रु. ४५,११,७४२ रहेको छ भने जम्मा लगानी ७६,५१,२९५ र खर्च ११, १८, ९८९ रहेको संस्थाले जनाएको छ । सहकारीमा हालसम्म १४३ जना शेयर सदस्यहरु रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!