२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा वेवारीसे अवस्थामा नवजात शिशु फेला

२०७५, ९ माघ बुधबार १२:००

राम नारायण पंडित । माघ ९, सिरहा, । सिरहाको गोलबजारमा एक नवजात शिशु फेला परेको छ । गोलबाजर नगरपालिका ८ सिडियोटोल नजिकैको आँप बगैचामा रहेको परालको कुन्यूमा तेल लगाएर सुताइराखेको अवस्थामा नबजात शिशु फेला परेको प्रहरीले जनाएको छ । 


बच्चा रोएको सुनिएपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख नविन घिमिरेले जानकारी दिए । १०÷१५ दिनको जस्तो देखिने बालकलाई तेल मालिस गरेर चिटिक्क पारेर राखिएको अवस्थामा भेटिएको प्रहरीले बताए ।

बच्चा अवैध सम्वन्धबाट जन्मेको हुन सक्ने अनुमान गरिएको छ । श्रीमान बैदेशिक रोजगारीमा रहेका महिलाले परपुरुष सँगको अवैध सम्वन्धका कारण बच्चा जम्मिएको हुन सक्ने अनुमान गरिएको छ ।

नवजात शिशु गोलबजार स्थित भुमिजा अस्पतालमा राखिएको छ । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अहिलेसम्म कसैले मेरो बच्चा हो भनेर खोज्दै नआएकोले आवश्यक प्रकृया पुरा गरी कतै जिम्मा लगाउने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस