२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा वृद्धि

१० माघ २०७५, बिहीबार ०५:४०

माघ १०, चितवन | चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् । 

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए । घिमिरेका अनुसार चालु आवमा शुरु छ महीनामा रु १५ करोड एक लाख १५ हजार ७८३ राजश्व सङ्कलन भएको छ । गत आव भरमा रु २३ करोड ७३ लाख ६३ हजार ९६३ राजश्व सङ्कलन भएको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पर्यटक बढेसँगै राजश्व पनि बढेको बताउनुभयो । भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको सङ्ख्या बढ्दै गएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले नारायणगढ मुग्लिन सडक खण्ड राम्रो भएसँगै पर्यटकको आगमन उत्साहजनक देखिएको बताउनुभयो । यस आर्थिक वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको भन्दै उहाँले पर्यटकीय गन्तव्य थप गर्ने विषयमा सरोकारवालाहरू लागि रहेको बताउनुभयो । निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, गोही जस्ता जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । 

यसैबीच निकुञ्जले सौराहामा सङ्कलन हुने राजश्व सोही ठाउँमा रहेको कृषि विकास बैंकको सौराहा शाखामा सङ्कलन शुरु गरेको छ । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार कुल सङ्कलन हुने राजश्वमध्ये ८० प्रतिशत सौराहामा सङ्कलन हुँदैआएको छ । राजश्व सङ्कलन वाणिज्य बैंक भरतपुरमा गरिँदै आएकोमा राष्ट्र बैंक, वन मन्त्रालय, निकुञ्ज विभाग लगायतको अनुमतिपछि बुधबारदेखि कृषि विकास बैंकको सौराहा शाखामा सङ्कलन थालिएको उहाँले बताउनुभयो । 

सौराहामा माघ २८ बाट फुड फेस्टिबल हुने 

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाले यही माघ २८ गतेबाट सौराहा खाना महोत्सव (फुड फेस्टिबल)को आयोजना गर्ने भएको छ । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष गरिने फुड फेस्टिबलको यो १३ औं संस्करण हो । 

रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार रत्ननगर नगरपालिका–७ को सिस्वार खेलमैदानमा फेस्टिबल आयोजना गर्न लागिएको हो । सो अवसरमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । सोही अवसरमा भलिबल, पर्यटक दौड, वेटर रेससँगै बच्चाहरूका खेल आयोजना गरिने भएको छ । 

गिरीका अनुसार फरक क्षमता भएका बच्चाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत गरिँदै छ । पर्यटकहरूको आगमन कम हुने समयमा पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सौराहामा वार्षिक दुई लाख हाराहारी पर्यटक आउने गर्दछन् । एक सय दश होटल रहेको सौराहामा करीब ६० रेष्टुरेन्ट छन् । फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो