४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा स्वास्थ्य बीमा गर्ने महिला बढी

१० माघ २०७५, बिहीबार ०६:१२

माघ १०, रोल्पा | रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् । 

जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बीमा गरेका छन् । 

स्वास्थ्य बीमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ । जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा दर्ता सहजकर्ता तोकिएका कारण विमितको सङ्ख्या पनि महिला बढी भएका हुन् । जिल्लामा स्वास्थ्य बीमा गर्नेको कूल सङ्ख्या निकै कम देखिएको छ । दुई लाख ३४ हजार जनसङ्ख्या रहेको रोल्पामा १२ हजार ८८२ ले मात्रै स्वास्थ्य बीमा गरेको बीमा बोर्ड रोल्पाका प्रतिनिधिले जानकारी दिएका छन् । स्वास्थ्य बीमाजस्तो महत्वपूर्ण कार्यक्रमको प्रचारप्रसार हुन नसक्दा यसको विमित बढ्न नसकेको जिल्ला स्वास्थ्य प्रमुख डा सुशील आचार्यको भनाइ छ । बीमा गर्न आफूहरुले अस्पताल आउने बिरामीसँग पनि परामर्श गर्ने गरेको डा आचार्यको भनाइ छ । बीमाका लागि खट्ने कर्मचारी, स्वयंसेवक र स्थानीय जनप्रतिनिधिको समन्वय भए स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ डा आचार्यले भन्नुभयो । 

स्वास्थ्य बीमालाई अन्य बीमाजस्तै गरेर बुझ्ने गरेको आफूले पाएको डा आचार्यको भनाइ छ । जिल्लामा पुरुष वैदेशिक रोजगारीमा जाने भएका कारण पनि बीमा गर्ने पुरुषको सङ्ख्या महिलाको तुलनामा कम भएको हुनसक्छ कार्यालय प्रमुख डा आचार्यले भन्नुभयो । 

बीमाको महत्वबारे बुझाउन नसक्दा बीमा गर्नेको सङ्ख्या नबढेको हुनसक्छ महिला अगुवा तुलसा आचार्यले भन्नुभयो । आफूले स्वास्थ्य बीमा गरे पनि बिरामी पर्दा औषधि नपाएको हुँदा बीमाप्रति विश्वास घटेको आचार्यको भनाइ छ । 

सरकारले अतिगरीबलाई निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ । जिल्लामा हाल एक हजार ७८४ अति गरीब बीमाको पहुँचमा आएको बताइएको छ । सरकारले रोल्पाका अति गरीबको बीमाबापत रु ४२ लाख ७७ हजार ४८५ भुक्तानी दिएको बताइएको छ । जिल्लामा एक हजार १२८ घरधुरीको बीमाबापत रु ३१ लाख ७५ हजार जम्मा भएको बीमा बोर्डले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ