९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाओवादीले गर्यो शुभकामना आदानप्रदान

२९ आश्विन २०७२, शुक्रबार ०९:४९

असोज २९, पर्वत । हिन्दुहरुको महान् पर्व विजय दशमीको अबसर पारी एनेकपा माओवादी चुवा नगरकमिटीले शुभकामना आदान–प्रदान गरेको छ । एनेकपा माओवाद्यी नगरकमिटिक इन्चार्ज शंकर गिरीको आथित्यतामा संचालन भएको कार्यक्रमा बोल्दै गिरीले देशमा आमुल परिर्वतन भएको बताएका छन् ।

संविधान जारी भएसँगै देशमा लोकतन्त्र संस्थागत भएको र राजतन्त्र पूर्ण रुपमा अन्य भएको बताउँदै उने यसमा एनेकपा माओवादीले प्रतिपक्ष भएरपनि प्रमुख भुमिका निर्वाह गरेका कारण सफलता हासिल भएको बताए । संविधान जारी भएपछि सारा संसारले बधाइ तथा सुभकामना दिइरहेको बेलामा छिमेकी राष्ट्रले देखाएको अमानवीय व्यवहार गलत र संयुक्त राष्ट्रसंघको नियम विपरीत भएको बताए ।

भारतले् नेपालमा आफ्नो प्रभुत्व जमाउन खोजेको र संविधान जारी हुनेबेलामा भाँजो हाल्न खोजेको तर एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रहितको लागि काम गरेका कारण संविधान जारी भएको र आफ्नो इच्छा विपरीत संविधान जारी भयो भनी भारतले नाकाबन्दी लगाएको उनको तर्क थियो । एमाओवादी जनताको पक्षमा भएको कारण मात्र देशमा संविधान बनको र अबको दिनमा पनि एमाओवादले रचानात्मक भूमिका खेल्नमा आफु दृढ र विश्वस्त भएको उनले प्रष्ट पारे । पछिल्लो समयमा पार्टी भित्र असन्तुष्ट देखिएका केन्द्रित सदस्य बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुमा उनले पछिल्लो देशको राजनीति र भारतको नाकाबन्दी र चलखेलका कारण भएको बताए । पार्टीभित्रको पछिल्लो अबस्थाबाट कोहि पनि कार्यकर्ता विचलित हुनुनपर्ने भन्दै उनले दशैको सुभकामना सवैलाई व्यक्त गरे । विजया दशमी कालिका भगवतीले १० दिनमा मैसासुर राक्षकको नष्ट गरी विजय प्राप्त गरे जसरीनै देशमा भएको अस्थीर राजनीको अन्यका लागि एमाओवादीले रचानात्मक भूमिका निर्वाह गरेको र देशमा जनपक्षिय नयाँ संविधान जारी भएको बताए । संविधान निर्माण कार्यमा अबरोध गर्ने आन्तारिक तथा बाह्य तत्वलाई पनि कालिकाले नष्ट गरेझै नष्ट गरी देशले विजय प्राप्त गरेको उनको बताए ।

६० बर्ष लामो जनताको प्रतिक्षा पछि विभिन्न बाधाका बाबजुट पनि राज्यमा संविधान जारी भएको र सवको मुहारमा खुसीलाई छाएको बताउँदै गिरीले अब सवै एक जुट भएर देशलाई आर्थिक क्रान्तिको बाटोमा लैजानको लागि आवश्यक रहेको बताए । शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता कमिटका अध्यक्ष टिकाराम पोख्रेलले गरेका थिए भने संचालन हरिनारायण गिरीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कास्की जिल्ला अदालतमा आज पनि रवि लगायतसँग बयान जारी आजको मौसम: देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’