२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा चट्याङले एकै गाउँका १७ जना घाइते, आठको अवस्था गम्भीर

२०७५, १० माघ बिहीबार ०७:३३

माघ १०, अछाम । अछाममा बुधबार बेलुकी एकै पटक तीनवटा घरमा चट्याङ पर्दा एकै टोलका १७ जना घाइते भएका छन् । घाइते मध्येमा आठ जनाको अवस्था गम्भीर रहेको छ ।

चट्याङ लागेर गम्भीर घाइते हुनेमा उक्त नगरपालिकाका पुल्लेतोला निवासी ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया धर्मा रावल, ३५ वर्षीया रामकला रावल र उनकै छोरी १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीया दिर्केश रावल, २२ वर्षीया भावना सुनारको अवस्था गम्भीर छ ।

यस्तै सोही चट्याङबाट सामान्य घाइतेमा २२ वर्षीया धना रावल, ४५ वर्षीय टेकबहादुर बटाला, १८ वर्षीया सिर्जना बटाला, १९ वर्षीया धिर्जा बटाला, २५ वर्षीया भावना बटाला, २२ वर्षीया मनसरा कामी, २१ वर्षीया कमला कामी, १३ वर्षीया दिपु कामी, ५० वर्षकी मना कामी सामान्य घाइते भएको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

घाइतेहरुको सोही वडाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीको टोली गएपछि थप उपचारका बारेमा टुंगो लाग्ने वडा अध्यक्ष गोविन्दबहादुर रावलले बताए । धेरैका हाटखुट्टा र शरीर नचलेको र टाउको र शरीरमा चोट रहेको उनले बताए ।

धना र भावनाको घरको दक्षिणतिरको ढोकामा क्षति भएको छ भने गोरे कामीको एउटा गाइको मृत्यु हुनुका साथै घरको ढोकामा क्षति भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी