२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

महिला पत्रकारको राष्ट्रिय सम्मेलन चितवनमा

२०७५, १० माघ बिहीबार १०:१४

माघ १०, चितवन | नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ १६ र १७ गते चितवनमा हुने भएको छ । 

पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै तीन सय पत्रकार महिला सहभागी हुने भेलाको व्यवस्थापनको जिम्मा पाएका महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो । 

भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनिभूत छलफल हुने पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिनुभयो । भेलाले पत्रकारितामा महिलाको उपस्थितिलाई थप बलियो बनाउन तथा पत्रकार महिलाको दक्षता विकासका लागि मागनिर्देश गर्ने महासङ्घको विश्वास छ । 

भेलालाई सफल पार्न कार्यसमितिमा जिम्मेवारी विभाजन गरी काम अघि बढाइएको अध्यक्ष खतिवडाले बताउनुभयो । भेला सम्पन्न गर्नका लगिा विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ । 

यसैबीच सम्मेलनलाई सभ्य र व्यवस्थित तुल्याउन महासङ्घ चितवनले जिल्लास्थित अगुवा पत्रकार महिलाको भेला गराई सहयोग गर्न आग्रहसमेत गरेको छ । महासङ्घका केन्द्रीय सदस्य सृजना अर्यालका अनुसार सम्मेलनमा सबै प्रदेश कमिटी, जिल्ला शाखा र प्रतिष्ठानका महिला नेतृत्व, महासङ्घको केन्द्रीय समिति, केन्द्रीय समितिका पूर्वमहिला नेतृत्वहरु, पत्रकार महिलाका संस्थाका नेतृत्वको सहभागिता रहनेछ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण