२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

४३ गाँउ विकास समितिमा घरदैलोमा लघु वित्तीय सेवा प्रदान

२०७२, ३० आश्विन शनिबार १०:४२

असोज ३०, पर्बत । नेपालको पहाडी क्षेत्रमा गरिवी न्यूनिकरणका लागि क्रियाशिल लघ वित्तीय संस्था राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले पर्वत जिल्लाको कुश्मा नगरपालिका सहित जिल्लाका ४३ गाँउ विकास समितिमा घरदैलोमा लघु वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

जिल्लामा कुल एक नगरपालिका सहित ४७ गाविस रहेकोमा नगरपालिका सहित ४३ गाउ विकास समिति आफ्नो लघु वित्तीय सेवा पु¥याएको हो ।

जिल्लाका सवै गाविसमा संस्थाका सामुदायिक विकास सेवाहरु प्रवाह हुँदै आएको भएता पनि हालसम्म लघुवित्त सेवा विस्तार नभएका गाविसहरुमा रानीपानी, वर्राचौर, लेकफाँट र शालिजा रहेका छन् ।

यस आर्थिक वर्षमा जिल्लाको सवै गाविस र गाविस अन्र्तगतका विपन्न घरधुरीमा संस्थाको सेवा पु¥याउने लक्ष्य र प्रतिवद्धता रहेको संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीले बताउनुभयो ।

संस्थाले जिल्ला सदरमुकाम कुश्मा लगायत पातीचौर, फलेवास, हुवास, लुँखु र थापाठानामा गरी ५ वटा शाखा कार्यालय स्थापना गरी घरदैलोमा सेवा दिंदै आएको छ । संस्थाका अनुसार हालसम्म ५ वटै शाखा अन्र्तगत ४ सय ४८ वटा महिला स्वावलम्वन केन्द्र गठन गरी ७ हजार ८ सय १७ विपन्न परिवारलाई संस्थामा आवद्ध गरिएको छ ।

आवद्ध सवै सदस्यले नियमित वचत गर्दै आई रहेका छन् भने ३ हजार ३ सय ८६ सदस्यले संस्थावाट विना धितो कर्जा लिई आयआर्जन व्यवसायमा क्रियाशिल भएका छन् । संस्थाका प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्रीका अनुसार संस्थाले हालसम्म पर्वत जिल्लामा ५६ करोड ९६ लाख ७४ हजार ७१४ रुपैयाँ विना धितो लगानी गरेकोमा ४६ करोड ३४ हजार ३७४ रुपैयाँ असुली गरी हाल १० करोड ९६ लाख ४० हजार ३४० रुपैयाँ लगानीमा रही रहेकोछ । संस्थाले सदस्यको फजुल खर्चमा कमी ल्याई घरदैलोमा पुगी ५ करोड, ६९ लाख ४९ हजार १९२ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

संस्थाले सदस्यको घरदैलोमा पुगी विना धितो शुन्य देखि २० प्रतिशतमा वढिमा २ लाखसम्म कर्जा लगानी गर्दै आई रहेको छ भने सदस्यवाट मासिक न्यूनतम १ सय ३१ रुपैयाको दरले वचत संकलन गर्ने गरेको छ ।

सदस्यहरुवाट घरदैलोमा नै पुगी वचत संकलन गर्ने र आवश्यक परेका वखत समुहमा नै पुगी फिर्ता गर्ने र संस्थामा रहेको रकममा मासिक रुपमा वार्षिक ८ प्रतिशतका दरले व्याज दिंदै आएको छ ।

संस्थाले पर्वत जिल्लामा मात्र ६ सय ३ सदस्यलाई विभिन्न कल्याणकारी सुविधाहरु प्रदान गरेको संस्थाका लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईले जानकारी दिनुभयो । जस अन्र्तगत ३ सय ३ जनालाई सुत्केरी स्याहर सुविधा वापत ३ लाख ३० हजार रुपैयाँ, ३५ जना सदस्यका सन्ततीलाई छात्रवृत्ति वापत ४९ हजार ७ सय ८० रुपैयाँ, २६ जना सदस्यको मृत्यूमा क्रियाखर्च वापत १ लाख ४ हजार ९ सय ५० रुपैयाँ र ४३ जना सदस्यको श्रीमानको मृत्यूमा क्रियाखर्च वापत १ लाख ३४ हजार १५० रुपैयाँ सुविधा उपलवध गराइएको छ ।

यसै गरी दैविक प्रकोप राहात अन्र्तगत वाढी पहिरो प्रभावित १२ परिवारलाई १८ हजार ५ सय र १ सय ७३ जना भुकम्प प्रभावितलाई २ लाख ४० हजार १ सय रुपैयाँका साथै अन्य २ जनालाई ३ हजार ५ सय सुविधा वितरण गरिएको छ । संस्थाका अनुसार पर्वत जिल्लामा गत आर्थिक वर्षमा मात्र ११ जना कर्जा लिने सदस्यको मुत्यू हुँदा २ लाख ४० हजार रुपैयाँ कर्जा मिनाहा गरिएको छ ।

यसरी संस्थाले पर्वत जिल्लामा मात्र ६ सय ३ जनालाई १० लाख ९४ हजार ८० रुपैयाँ विभिन्न कल्याणकारी सुविधा अन्र्तगत रकम वितरण गरेको संस्थाको पहिलो शाखा कुश्मा शाखाका प्रवन्धक खिम कुमारी थापाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी